ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुकीछिपी नेपाल प्रवेश गरेका ३३ लाई सशस्त्रले पुर्यायो क्वारेन्टिनमा


एबीसी न्यूज
१० असार २०७७, बुधबार   ८ : ५९   बजे


काठमाडौँ, १० असार ।  कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय चितवनको क्षेत्रमा पर्ने सीमानाकामा यस्तो अभियानलाई कडाइका साथ निरन्तरता दिइएको हो ।

भारतसँग जोडिएका सीमानाकाबाट अनुमतिबिना नेपाल प्रवेश गरेकालाई सशस्त्र प्रहरीले स्थानीय निकायसँगको समन्वयमा क्वारेन्टिनमा राख्दै आएको गढीमाई बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रम्हचार्यले बताउनुभयो । उहाँका अनुसार अभियानकै क्रममा भारतबाट ठोरीनाका हुँदै आएका दुई जनालाई बाँदरझुलाबाट पक्राउ गरी क्वारेन्टिनमा राखिएको छ । उनीहरु आफ्नो बच्चासहित माडी छिर्न लागेका थिए ।

लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि सीमामा थप कडाइ गरी यस्तो अभियान थालेको उहाँको भनाइ छ । सशस्त्र प्रहरी बलको माडी नगरपालिका–९ स्थित बाँदरझुलाको अस्थायी जाँचचौकीमा खटिएका सशस्त्र प्रहरी हवल्दार नारायण थारूको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । माडी–२ निवासी रहेका ती दुवैलाई यही असार ७ गते नियन्त्रणमा लिई क्वारेन्टिन पठाइएको थियो ।

यस्तै बाँदरझुला चौतारा चेकप्वाइन्टमा ड्युटी खटिएका सशस्त्र प्रहरी हवल्दार मानबहादुर भट्टराईको कमाण्डमा रहेको सात जनाको टोलीले भारतबाट ठोरीनाका हुँदै आएकी माडी–९ बस्ने २८ वर्षीया एक महिलालाई नियन्त्रणमा लिई बाँदरझुलाको स्वाथ्यचौकीमा राखिएको थियो । मङ्गलबारसम्म सशस्त्र प्रहरी चितवनले सीमानाका हुँदै प्रवेश गर्ने ३३ जनालाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राखिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group