ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल मिडिया सोसाईटीबाट संचारगृहलाई ५० हजार थान मास्क वितरण


एबीसी न्यूज
११ असार २०७७, बिहिबार   ३ : २०   बजे


काठमाडौं, ११ असार । छिमेकी राष्ट्र चीनस्थित गुडविल फाउन्डेसन टिएआर पिपुल्स रिपब्लिक अफ चाइना) बाट सहयोग स्वरुप प्राप्त भएको ५० हजार थान मास्क मिडिया सोसाईटीले बिहीबार वितरण गरेको छ ।

छिमेकी राष्ट्र चीनस्थितको गुडविल फाउन्डेसनबाट सहयोग स्वरुप १८ लाख बरावरको ५० हजार थान सर्जिकल मास्क नेपाल मिडिया सोसाईटीले बिहीबार वितरण गरेको छ । मिडिया सोसाईटीमा आबद्ध २१ वटा संस्थाहरुलाई प्रतिसंस्था २ हजार मास्क र सूचना तथा प्रसारण विभागलाई ४ हजार थान मास्क हस्तान्तरण गरिएको छ ।

विभागका महानिर्देशक लेखनाथ शर्माको प्रमुख अतिथ्यतामा मिडिया सोसाईटीका अध्यक्ष शुभशंकर कंडेलद्धारा उक्त मास्क वितरण कार्यक्रम गरिएको थियो ।

मास्क वितरण कार्यक्रमका अध्यक्ष कंडेलले चिनिया सहयोग प्रति धन्यवाद दिनु भएको छ । उहाले चीनस्थितको गुडविल फाउन्डेसनले नेपाल मिडिया सोसाईटीको अनुरोधलाई स्वीकार गरि प्रदान गरेको सहयोग को प्रशंसा गर्नुभयो ।

अध्यक्ष कंडले विगतका दिनमा पनि गुडविल फाउन्डेसनबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आईरहेको बताउनुभयो । कार्यक्रममा विभागका महानिर्देशक शर्माले कोरोनाका कारण आमसञ्चार क्षेत्रमा परिरहेको प्रभाव र विशेषतः श्रमजिवी पत्रकारहरुलाई परिरहेको असहजताप्रति सबैले ध्यान दिन आग्रह गर्दै मिडिया सोसाईटीलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

साथै कोरोना महामारीमा मिडियाका तर्फबाट सरकारलाई आवश्यक पर्ने सहयोगात्मक भूमिकाहरु निर्वाह गर्न पनि विभागले आग्रह गरिरहेको छ ।

उक्त मास्क वितरण कार्यक्रममा नेपाल मिडिया सोसाइटीका, उपाध्यक्ष निर्मल गुरुङग, महासचिव मदन लम्साल, सचिव शिशिर भट्ट तथा सदस्यहरुको उपस्थिति रहेको थियो । गुडविल फाउन्डेसनको तर्फबाट अवश्यक परेमा नेपाल मिडिया सोसाइटीलाई थप मास्क तथा मेडिकल सामाग्री उपलब्ध गराउने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu