ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले मारेको ९ वर्षपछि ओसामा बिन लादेन फुटबल मैदानमा देखिए


एबीसी न्यूज
११ असार २०७७, बिहिबार   ९ : ११   बजे

काठमाडौ, ११ असार । ओसामा बिन लादेनको २ मे, २०११ मा पाकिस्तानको एबोटाबादमा अमेरिकी सेनाले हत्या गरेको थियो । तर इंग्ल्यान्डको एक फुटबल खेलका क्रममा बुधबार खाली रंगशालामा अल कायदाका पूर्व प्रमुख  बिन लादेनको तस्वीर देखिएको छ।

कोरोना भाइरसको संक्रमणको खतराका कारण रंगशालामा समर्थकहरुलाई जान अनुमति छैन । रंगशालाको सिटमा दर्शकको अनुपस्थितिमा आयोजकले केही मानिसको कटआउट लगाएको थियो ।

तर यो क्रममा ओसामा बिन लादेनको फोटो समेत राखियो । लिड्स युनाइटेडले आफ्ना दर्शकलाई आफ्नो कटआउट रंगशालामा लगाउनका लागि आवेदन दिन अफर गरेको थियो । जसका लागि २५ पाउन्ड तिर्नुपर्दथ्यो ।

एक फुटबल समर्थकले प्रयांक गर्दै ओसामा बिन लादेनको तस्वीर पठाएका थिए । आयोजकले फोटो दर्शकको सिटमा राखेका थिए । खेल लिड्स र फुलह्यामबीच २७ जुनमा एलान्ड रोड मैदानमा हुँदैछ ।

केही ट्वीटर प्रयोगकर्ताले क्लबको यो गल्ती पकडे र लेखे, ‘२०२० मा हामी अरु के आशा गर्न सक्छौं ।’ वी अल लभ लिड्स नामको युजरबाट लेखिएको छ, ‘धन्यवाद लिड्स युनाइटेड फुटबल क्लब, म लादेनको छेउमा बसेको छु ।’  अन्य धेरै ट्वीटर प्रयोगकर्ताले पनि यो गल्तीको मजाक उडाएका छन् । सामाजिक सञ्जालमा मजाक उडाइएपछि सो लादेनको कटआउट हटाएको छ । लिड्स युनाइटेडले यो तस्वीर पठाउने समर्थकबारे पूर्ण रुपमा अनुसन्धान हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढी प्रभावित ६०२ जनाको हेलिकप्टरबाट उद्धार

बाढीपीडितका लागि बेलायतद्वारा ८५ करोड रुपैयाँ सहायता घोषणा

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu