ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानचेस्टर सिटीको कीर्तिमानी १३ औं जित दर्ता


admin
१८ मंसिर २०७४, सोमबार   ११ : ३८   बजे

काठमाडौं, १८ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले कीर्तिमानी १३ औं जित दर्ता गरेको छ ।

लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हराएर प्रिमियर लिगमा लगातार १३ औं जित दर्ता गरेको हो । पहिलो हाफमा १–० ले पछि परेको म्यानचेस्टर सिटीले दोस्रो हाफमा पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । ४४ औं मिनेटमा एन्जेलो ओग्बोन्नाले हेड मार्फत गोल गर्दै वेष्ट ह्यामलाई सुरुवाति अग्रता दिलाए ।
तर दोस्रो हाफमा पेप गार्डिवलाको टिमले राम्रो प्रदर्शन र्गयो । ५७ औं मिनेटमा निकोलस ओटामेन्डीले सिटीका लागि बराबरी गोल फर्काए । ८३ औं मिनेटमा डेविड सिल्भाले केविन डि ब्राउनको पासमा गोल गर्दै सिटीलाई २–१ को जित दिलाए । यो जितसंगै सिटीले लिगमा एकै सिजन लगातार धेरै खेल जित्ने कीर्तिमानमा बराबरी गरेको छ ।

चेल्सीले गएको सिजन लगातार १३ खेल जित्दै बनाएको कीर्तिमानमा म्यानचेस्टर सिटीले बारबरी गरेको हो । यस्तै आर्सनलले पनि सन् २००१ र ०२ को सिजनमा लगातार १३ खेल जित्दै पहिले कीर्तिमान बनाएको थियो । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको १५ खेलबाट ४३ अंक भएको छ र उसले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी फेरि ८ कायम गरेको छ । अन्तिमबाट दोस्रो स्थानमा रहेको वेष्ट ह्यामको १० अंक मात्रै छ । राति नै भएको खेलमा बोर्नमाउथ र साउथह्याम्पटनले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group