काठमाडौं, १७ असार । पार्टी भित्रबाट आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग परामर्श गर्नुभएको छ ।
बिहान आफ्नै सरकारी निवास बालुवाटारमा उहाँले केही मन्त्रीहरुसँग परामर्श गर्नुभएको मन्त्रीहरु घनश्याम भुसाल र योगेश भट्टराई ,रामबहादुर थापा बादल र लेखराज भट्ट छलफलमा सहभागी हुनुभएको थियो । आफूहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली नागरिकले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ गर्न र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गर्न सुझाव दिएको मन्त्री भट्टराईले बताउनुभएको छ ।
प्रधानमन्त्रीले अरु नेताहरुसँग पनि छलफल गर्ने बताउनुभएको र विवाद छिटै मिल्ने उहाँको भनाई छ । हिजो बसेको स्थायी कमिटी बैठकमा धेरैले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन माग गरेपछि ओली परामर्शमा जुट्नुभएको हो ।नेकपा स्थायी कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्