काठमाडौं, १७ असार । निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हलचल भएको छ ।
बामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी समेत गरेका छन् ।
१२ असारमा आयोगमा दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएका थिए । दलको अध्यक्ष सन्ध्या तिवारी रहुन भएको छ । बाहिर हल्लामा उहाँ झापाकै भएको नेकपा बैठकमा चर्चा चलेको थियो तर उनी मोरङको विराटनगर महानगरपालिका–६ की बासीन्दा हुनुहुन्छ । नेकपा एमाले दलले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ ।
केन्द्रीय सदस्यको सूची
प्रतिक्रिया दिनुहोस्