काठमाडौं, २० असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिन २२ हजारभन्दा बढीमा संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा २२ हजार ७२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ लाख ४९ हजार ८८९ पुगेको छ ।
यस्तै एकै दिन ४४४ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ६६९ पुगेको छ ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ३ लाख ९४ हजार ३१९ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्