ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करणीसम्बन्धी कसूरका आरोपी पक्राउ


shreedhar Gautam
२० असार २०७७, शनिबार   १० : ०४   बजे

काठमाडौँ, २० असार ।  सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसूर तथा करणीसम्बन्धी कसुरका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी० को टोलीले पक्राउ गरेको छ ।

वन डिभिजन कार्यालय, अत्तरिया कैलालीमा वन अधिकृत पदमा कार्यरत रहँदा उक्त कसूर गरेको आरोपमा धनगढीका रामनारायण यादवलाई काठमाडौँबाट पक्राउ गरिएको हो । यादवविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसूरका साथै करणीसम्बन्धी कसूर गरेको आरोपमा गत जेठ ५ गते प्रहरीमा उजुरी दर्ता भएको छ ।

उक्त कसूरमा पक्राउ गरी अनुसन्धान भइरहेको अवस्थामा यादव रक्तचाप, मधुमेहसमेतको बिरामी भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपश्चात थप उपचार गराउनुपर्ने भएकाले छोरा रवीन्द्रको जिम्मा जमानीमा छाडिएकोमा त्यसपछि दुबै जना फरार हुँदै आएको प्रहरीले जनाएको छ ।

कैलाली प्रहरीले गरेको पत्राचारअनुसार खोजतलासको क्रममा काठमाडौँ महानगरपालिका ३५, पेप्सीकोलास्थित टाउन प्लानिङमा लुकीछिपी बसेको अवस्थामा उनलाई शुक्रबार पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउलगत्तै उनलाई थप कानूनी कारवाहीका लागि शुक्रबार नै जिल्ला प्रहरी कार्यालय, कैलाली पठाइएको सिआइवीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group