ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीको अभियान ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’


एबीसी न्यूज
२१ असार २०७७, आइतबार   १० : ४३   बजे

मेलम्ची, २१ असार ।  मेलम्ची नगरपालिकाले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई प्राथमिताका साथ सञ्चालन गर्ने उल्लेख गरिएको छ । नगरपालिकाले बाँझो जमीनमा तरकारी र खाद्यान्न उत्पादनका लागि प्रोत्साहन गर्न यो अभियान चलाउने भएको हो ।

कृषि तथा पशु विकासका लागि एकीकृत सेवा केन्द्रमार्फत कृषकलाई सेवा दिने, निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायीकरण गरी नगरलाई तरकारी, खाद्यान्न, दुग्ध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने, नगरपालिकाभित्र तरकारी, फलफूल तथा नगदेबाली उत्पादनको पकेट क्षेत्र निर्धारण गरी विशेष कार्यक्रम सञ्चालन गर्नेसहितका नीति लिइएको नगरप्रमुख डम्बर अर्यालले बताउनुभयो ।

नगरवासीको खाद्य सुरक्षालाई प्रत्याभूत गरी वाग्मती प्रदेश सरकारले अघि सारेको ‘कोही भोकै पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने अभियानलाई सार्थक तुल्याउनका लागि मुख्य खाद्यवस्तुको उत्पादनमा वृद्धि गर्न किसानलाई बीउबिजन, मलखाद आदि सहजरूपमा उपलब्ध गराउने व्यवस्था मिलाउने, नगरका मुख्य बजारमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरी स्तरवृद्धि गर्ने, नगरभित्र रहेका बाँझो तथा सार्वजनिक जग्गाको तथ्याङ्क सङ्कलन गरी उक्त जग्गामा कृषि सहकारीमार्फत सामूहिक कृषिखेती गर्न प्रोत्साहन गर्ने, आधुनिक कृषि प्रविधिको माध्यमबाट नमूना कृषि फार्म र फलफूल तथा तरकारीको नर्सरी स्थापना गर्नेसहितका महत्वकाङ्क्षी योजना नगरपालिकाको नीतिमा समेटिएको छ ।

सङ्घीय एवं प्रदेश सरकारसँग आवश्यक समन्वय गरी एक वडा एक कृषि तथा पशु प्राविधिक व्यवस्था गर्ने, कृषि बीमाको दायरालाई विस्तार गर्दै अनुदान लिने लाभग्राही कृषकलाई कृषि बीमा अनिवार्य गर्ने लक्ष्य लिएको नगरपालिकाले कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाई गाउँ फर्किएका युवालाई प्रोत्साहन गर्दै आवश्यक सीप, तालिम र अनुदानको व्यवस्था गरी कृषि पेशामा संलग्न गराउने नीति लिएको छ । नगरपालिकाले कृषि, पशु र पर्यटनसहित पूवार्धार विकासका कार्यलाई प्राथमितकामा राखेर बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाबाढी: चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनायो

भोटेकोशीमा आएको बाढी: चीनतर्फको भूकम्पले होइन, पानीको मात्रा बढेर जोखिम

सम्बन्धित

परराष्ट्रमन्त्री खनाल र बेलायती विदेशमन्त्रीबीच टेलिफोन वार्ता, सहयोग गर्ने प्रतिबद्धता

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

राति वर्षाको सम्भावना बढी, उद्धारमा खटिएकालाई सतर्क रहन मौसमविद्को आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu