ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘इन्ट्याग्रिटी आइडल २०१७’ छनोटका लागि भोटिङ खुला


admin
१८ मंसिर २०७४, सोमबार   १ : ५४   बजे

काठमाडौँ, १८ मंसिर। जनताप्रति सरकारी कर्मचारीलाई जवाफदेही बनाउने उद्देश्यले सन् २०१४ देखि सुरुवात गरिएको इन्ट्याग्रिटी आइडलको चौथो संस्करण ‘इन्ट्याग्रिटी आइडल नेपाल २०१७’ का उत्कृष्ट पाँचको नाम सार्वजनिक भएको छ ।

यस वर्षको उत्कृष्ट पाँचमा जिल्ला कृषि विकास कार्यालय काभ्रेमा कार्यरत कृषि प्रसार अधिकृत कृष्ण धिताल, वन विभाग बबरमहलमा सहायक वन अधिकृतका रुपमा कार्यरत सवनम पाठक, पञ्चदेव मावि कालीकोटका गणित शिक्षक सवराज बम, मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल र सामान्य प्रशासन मन्त्रालयका उपसचिव सिर्जना तिवारी रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक र पूर्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह सदस्य रहनुभएको निर्णायक समितिले मनोनयनमा परेकामध्येबाट उत्कृष्ट पाँच जनाको नाम चयन गरेको थियो ।

सन् २०१४ मा पाँचथरका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल इन्ट्याग्रिटी आइडल हुनुभएको थियो भने सन् २०१५ मा गुल्मीका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल विजेता हुनुभएको थियो ।

त्यसैगरी, सन् २०१६ का विजेता सिद्धबाबा मावि गुल्मीका प्रधानाध्यापक डोरविक्रम श्रीस हुनुहुन्थ्यो । नेपालबाट शुरु भएको यो अभियान चौथो संस्करणसम्म आइपुग्दा लाइबेरिया, पाकिस्तान, माली, नाइजेरिया र दक्षिण अफ्रिकालगायतका देशमा विस्तार भइसकेको छ ।

इन्ट्याग्रिटी आइडलका लागि २०१७ जनवरी १५ तारिखदेखि चार महिनाका लागि मनोनयन खुला गरिएकामा देशका ७१ जिल्लाबाट एक हजार २० वटा मनोनयन प्राप्त भएको थियो । देशभरबाट अनलाइन, सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यम तथा युवा स्वयंसेवक परिचालन गरेर मनोनयन आह्वान गरिएको थियो ।

इन्ट्याग्रिटी आइडलले तय गरेको पूर्व निर्धारित मापदण्डलाई आधार बनाएर विभिन्न सात चरणको छनोट प्रक्रिया पछि स्वतन्त्र निर्णायक मण्डलले उत्कृष्ट पाँचको छनोट गरेको थियो ।

अन्तिम पाँचको छनोटपछि एसएमएस र वेबसाइटबाट प्राप्त जनताको मत र निर्णायक मण्डलको मतका आधारमा इन्ट्याग्रिटी आइडल २०१७ को छनोट गरिने छ । एसएमएस र वेबसाइटबाट भोटिङका लागि उत्कृष्ट पाँच जनालाई बेग्लाबेग्लै भोटिङ कोड निर्धारण गरिएको आयोजक संस्थाले जनाएको छ ।

कृष्ण धितालका लागि भोटिङ कोड १, सवनम पाठकका लागि २, सवराज बमका लागि ३, शेषनारायण पौडेलका लागि ४ र सिर्जना तिवारीका लागि ५ निर्धारण गरिएको छ । मोबाइलको म्यासेज बक्समा गएर आइआइएन टाइप गरी स्पेस दिएर आफूलाई चित्त बुझेको व्यक्तिको भोटिङ कोड लेखी ३४००१ मा पठाउन सकिने छ । भोट गर्ने समय मंसिर २४ गते आइतबार राति १२ बजेसम्मका लागि तोकिएको छ ।

इन्ट्याग्रिटी आइडलको महत्व नेपाल सरकारका निजामती कर्मचारीले गरेका सिर्जनात्मक अभ्यास र उनीहरूले अवलम्बन गरेका सकारात्मक आचरणको कदर गर्दै नयाँ पुस्तालाई पनि त्यसको अनुशरण गर्न पे्ररित गर्नु हो ।

राष्ट्रसेवक कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण जवाफदेही बनाउनुका साथै नागरिक र सरकारबीचको सम्बन्ध विश्वसनीय, सकारात्मक र पारदर्शी बनाउने उद्देश्यका साथ यस अभियानको थालनी गरिएको आयोजक संस्था एकाउन्टबिलिटी ल्याबका प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौंमा आज पनि वर्षाको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

German Christian Democrats Face Crisis as Far-Right Support Surges

Generation Z’s Declining Faith in Capitalism Fuels Political Disengagement

Socialist Candidate David Morales Challenges Incumbent Mayor in Providence

आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौंमा आज पनि वर्षाको सम्भावना

जबरजस्ती करणीसम्बन्धी कानुन संशोधन गर्न न्यायाधीश ढुङ्गानाको सुझाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu