ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा चुनावी चहलपहल


admin
१८ मंसिर २०७४, सोमबार   २ : ५८   बजे

दाङ, १८ मंसिर । दोस्रो चरणको निर्वाचन आउन अब केही दिन बाँकी रहँदा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सरगर्मी यहाँ अहिले ह्वात्तै बढेको छ ।

विभिन्न राजनीतिक दल र त्यसका उम्मेदवारले जनतामाझ विभिन्न चुनावी एजेण्डा लगेर घरदैलो कार्यक्रम, सभा र प्रचारप्रसार अभियानलाई तीव्र पारेका छन् । उनीहरुलाई मतदातासामु आ–आफ्नो पक्षमा मत माग्न भ्याइनभ्याइ छ ।
क्षेत्र नं ३ मा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । विसं २०६४ मा माओवादी केन्द्र र २०७० मा काँग्रेसले जितेको यस क्षेत्रमा अहिले काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीलाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनबाट एमालेका जिल्ला सचिव हीराचन्द्र केसी चुनावी मैदानमा हुनुहुन्छ ।

सो क्षेत्रबाट नयाँ शक्ति पार्टीबाट हरिप्रसाद रिजाल, राष्ट्रिय जनमोर्चाबाट कमला जिसी र गणतान्त्रिक मोर्चाबाट हीरामणि दुःखी चुनावी मैदानमा हुनुहुन्छ ।

उम्मेदवारले संविधानमा भएका अधिकारलाई कार्यान्वयन गर्दै किसानको पक्षमा काम गर्ने र दाङलाई प्रादेशिक राजधानी बनाउने एजेण्डा बघि बढाएका छन् । उनीहरूले पश्चिम दाङलाई कृषिको हवका रूपमा विकास गर्दै किसानलाई प्रविधिसँग जोड्ने कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत जनाउँदै आएका छन् । यस क्षेत्रमा सिँचाइ सुविधाका साथै कृषि विश्वविद्यालय स्थापना र युवालाई रोजगारमुखी गराउने पनि उम्मेदवारका एजेण्डा छन् ।

क्षेत्र नं ३ को प्रदेश (क) बाट काँग्रेसबाट श्रमराज्यमन्त्री डिल्लीबहादुर चौधरी र वाम गठबन्धनबाट माओवादी केन्द्रका जगप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाबाट भरत भण्डारी र राप्रपा प्रजातान्त्रिकबाट प्रेमबहादुर शाह चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । नयाँ शक्तिका उम्मेदवार नारायण भट्टराई भने काँग्रेसमा प्रवेश गर्नुभएको छ । सो क्षेत्रमा पनि पनि काँग्रेस र वाम गठबन्धकाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

क्षेत्र नं ३ प्रदेश (ख) बाट काँग्रेसका बुद्धिराम भण्डारी, वाम गठबन्धनबाट एमालेका उत्तरकुमार वली र राजमोबाट देवबहादुर कामी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । काँग्रेसका भण्डारी पूर्वसांसद हुनुहुन्छ । नयाँ शक्तिका उम्मेदवार रुद्रबहादुर केसी काँग्रेसमा प्रवेश गर्नुभएको छ । यहाँ पनि काँग्रेस र वाम गठबन्धनबीचनै प्रतिस्पर्धा हुने देखिन्छ ।

क्षेत्र नं ३ मा तुलसीपुर उपमहानगरपालिकाका १५ वटा वडा र बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका पर्दछन् । कुल एक लाख १८ हजार ९८७ मतदाता रहेको सो क्षेत्रमा १५३ मतदान केन्द्र रहेको छ । प्रदेश ‘क’ मा ५३ हजार १८५ र प्रदेश ‘ख’ मा ६५ हजार ८०२ मतदाता रहेको छ ।

त्यस्तै क्षेत्र नं २ मा पनि चुनावी चहलपहल बढेको छ । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा प्रतिनिधिसभातर्फ र नेकपा (एमाले) का नेता शंकर पोख्रेल प्रदेश ‘क’ बाट चुनावी मैदानमा हुनुहुन्छ । महरासँग २०७० सालमा संविधानसभाको निर्वाचनमा काँग्रेसबाटबाट सभासद् जितेका राजु खनाल चुनावी मैदानमा हुनुहुन्छ ।

त्यस्तै प्रदेश ‘क’ मा वाम गठबन्धनको तर्फबाट बन्नुभएका पोख्रेलसँग काँग्रेसका कमलकिशोर घिमिरे प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेश ‘ख’ मा वाम गठबन्धनका अमरबहादुर डाँगी र काँग्रेसका भरतबहादुर न्यौपानेबीच प्रतिस्पर्धा हुने देखिन्छ । दाङलाई प्रादेशिक राजधानी र यस क्षेत्रको शिक्षा स्वास्थ्य र कृषिको विकासलाई उनीहरुले मुख्य एजेण्डा बनाएका छन् । क्षेत्र नं २ मा एक लाख आठ हजार ८७० मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu