काठमाडौं, १९ मंसिर । स्वर सम्राट नारायाण गोपालको २७ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा आज विभिन्न कार्यक्रम हुदैछन । विक्रम संवत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले एक सय ३६ भन्दा बढी गीत गाउनुभएको छ । उहाले आधुनिक मात्र नभए डेढ दर्जन जति नेपाली चलचित्रमा स्वर दिनुभएको छ । उहाले गाउनु भएका ‘म त लाली गुरास भएछु’, ‘एउटा मान्छेको मायाले कति’ , ‘लौ सुन म भन्छु मेरो राम कहानी’ लगायतका गीत अहिले पनि उतिक्कै चर्चित छन । विसं १९९६ सालमा काठमाडांैको किलागलमा जन्मिनु भएका नारायाण गोपालको २०४७ साल मंसीर १९ गतेका दिन निधन भएको थियो । उहाको संम्झनामा संगीतप्रमीहरुले आज विभिन्न कार्यक्रमको आयोजना गरेका छन ।
प्रतिक्रिया दिनुहोस्