ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२३ वर्षीय युवाले फेसबुक आइडी ह्याक गरेर यतिसम्म गरे


एबीसी न्यूज
१२ श्रावण २०७७, सोमबार   ८ : ५०   बजे

काठमाडौं, १२ असार । सामाजिक सञ्जाल फेसबुक आइडी ह्याक गरेर ठग्ने साविर आलमलाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा दुहवीबाट उनलाई पक्रेको हो ।

२३ वर्षीय साविरले फेसवुक ह्याक गरेर सो आइडी चलाउनेको आफन्तसँग ‘ठूलो समस्यामा छु, तुरुन्तै पैसा पठाइदिनुस्’ भनेर म्यासेज गर्थे । अनि, आइडीवालाको आफन्त पैसा पठाउन राजी भएपछि उनले आफ्नै खातामा डिपोजिट गर्न लगाउँथे ।

‘फेसवुक प्रयोगकर्ताको एकजना आफन्तले पठाएको ५० हजार निकाल्न जाँदा साविरलाई पक्रेका हौं’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी दिपक थापाले भने–‘बैंक ट्रान्जेक्सन हेर्दा ठुलो परिमाणमा आर्थिक कारोबार गरेको देखिएको छ, थप अनुसन्धान गर्दैछौँ ।’ सुनसरीको दुहवी शाखाको एउटा बैंकमा पैसा निकाल्न जाँदा पक्राउ परेका साविरले ७५ हजार ठगेको उजुरी परेको छ ।

ठगेको आरोपमा जनकपुरमा कुरियर चलाउने धिरज शाहलाई पनि प्रहरीले पक्रेको छ । ‘साविज कुरियर सर्भिस’का संचालक शाहले कुरियरको अनलाइनमा भारतबाट नेपालमा सामान पठाउने सूचना राख्ने र पैसा लिएपछि सामान डेलिभरी नगर्ने गरेको थाहा पाएपछि महाशाखाले उनलाई पक्रेको हो । ‘साविज कुरियर’ संचालकले ८ जनाबाट ३ लाख २५ हजार ठगेको प्रहरीकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group