काठमाडौं, १२ साउन । स्याङजामा प्रहरी प्रमुख सहित सहित १८ जना प्रहरीलाई कोरोन लागेको पुष्टी भएको छ । स्वास्थ्य प्रयोगशाला पोखरामा स्वाइव परिक्षण गर्न पठाईएको १ सय २ जना मध्ये १८ जना प्रहरीलाई कोरोना पुष्टी भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी प्रमुख सहीत १८ जना प्रहरी कोराना पुष्टी भएको जानकारी आएको स्वास्थ्य कार्यालयका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो । शर्माले अरुको कोरोना परिक्षण भइरहेको बताउनु भयो ।
परिक्षणका क्रममा स्याङ्जाका ३९, २७, ३७, २८, ४१, ३३, ३८, ३४,४६, ३१, ३५, २७, ४१, २७, ३४, ४४ र ३६ वर्षका पुरुषहरुमा र २६ वर्षीय महिलामा सक्रमण पुष्टी भएको निर्देशनालयका निर्देशक डाक्टर विन्दु शर्माले बताउनुभयो । संक्रमीतहरुको स्वास्थ्य अवस्था समान्य रहेको र अहिले जिल्ला स्थीत करेन्डाडा र हेलुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको शर्माले जानकारी दिनुभयो ।
संक्रमीत थपिए संगै जिल्लामा संक्रमीतको संख्या २ सय २३ पुगेको छ । भने १ सय ८३ जना निको भएर घर फकीएका छन् । दुइजनाको उपचारको क्रममा मृत्यु भइसकेको स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । यस अघि स्याङ्जाका ३ प्रहरीलाई कोरोन पुष्टी भए संग बुधवारबाट जिल्ला प्रहरी कार्यालय स्याङ्जा शिल गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्