ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राति १० बजे शौच गर्न घरबाट निस्केकि किशोरी बलात्कृत


एबीसी न्यूज
१३ श्रावण २०७७, मंगलबार   २ : ४९   बजे


काठमाडौँ, १३ साउन ।  धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार सोमबार राति क्षीरेश्वरनाथ नगरपालिका–३ मङ्गलपुर बस्ने १८ वर्षीया एक किशोरीमाथि बलात्कार भएको हो ।

राति १० बजे शौच गर्न घरबाट निस्केको मौका छोपी आफूलाई डर धाकधम्की दिएर क्षीरेश्वरनाथ नपा–३ मङ्गलपुर बस्ने २८ वर्षीया कलाम राइनले आफूलाई मङ्गलपुरको खुल्ला चउरमा लगेर बलात्कार गरेको पीडित किशोरीले बताइन् ।

निकैबेर राति घरबाट हराइरहेकी किशोरीलाई खोजी गर्ने क्रममा राति २ बजे स्थानीय बासिन्दाले राइनले खुल्ला चउरबाट किशोरीलाई घर पु¥याउन आउँदै गरेको अवस्थामा फेला पारेका थिए । स्थानीय बासिन्दा आउँदै गरेको देखेर किशोरीले रुदै चिच्याएर घटना सुनाएपछि केटालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर इन्चार्ज प्रहरी निरीक्षक पप्पु नायकले बलात्कारको आरोपमा कलाम राइनलाई पक्राउ गरिएको बताउनुभयो । बलात्कृत किशोरी र आरोपित दुबै जनालाई प्रादेशिक अस्पताल जनकपुरमा आज स्वास्थ्य परीक्षण गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ध्रुवे हात्तीलाई डार्ट गरी नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu