ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु , बैठकमा प्रचण्डको ब्रिफिङ


एबीसी न्यूज
१३ श्रावण २०७७, मंगलबार   ३ : २१   बजे

काठमाडौं, १३ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चर्किएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि नेकपाका अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुले त्यसलाई अस्वीकार गर्दै कमिटी समितिको बैठक बसेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका स्थायी कमिटीका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उक्त छलफल हुनु अघि नै प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भेट्नु भएको थियो ।

स्रोतका अनुसार अहिले प्रचण्डले बैठकका लागि बालुवाटार पुगेका नेताहरुलाई ब्रिफिङ गर्नुभएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पौडेलको छलफलपछि प्रचण्ड –नेपाल समूहले स्थायी समितिको बैठक सुरु गरेका हुन् । अध्यक्ष प्रचण्डकाका प्रेस संयोजक विष्णु सापकोटाले स्थायी समिति बैठक सुरु भएको जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री ओली र उहाँ पक्षीय सदस्यहरु उपस्थित भएका छ्रैनन् । बैठकमा उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह रोक्न भन्दै आजै ६ बुँदे प्रस्ताव सार्वजनिक गर्नुभएको छ । यसैबीच नेकपाका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना नजिक रहेको बताउनुभएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको केही बेरमा नेता भट्टराईले ट्वीट गर्दै भन्नुभयो, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौँ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu