काठमाडौं, १३ साउन । राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्ति प्रक्रियामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले मंगलबार खेलकुद परिषद्को नाममा कारण देखाउ आदेश दिएको हो।
टिकादत्त दाहालले गत साउन ८ गते सदस्यसचिव नियुक्तिका लागि ७ दिने सूचना प्रकाशन पत्रिकामा नगरेको तथा वेबसाइटमा मात्र धेरैलाई थाहा नदिने गरी सूचना प्रकाशन गर्नु कानुनविपरीत भएको भन्दै मुद्दा दर्ता गराएका थिए। सोमबार मन्त्रिपरिषद्ले रमेशकुमार सिलवाललाई खेलकुद परिषद्को सदस्यसचिवमा पुनः नियुक्त गरेको थियो। यसअघि गएको वर्षको असारमा सिलवालले राजनीतिक नियुक्ति पाएका थिए।
प्रतिक्रिया दिनुहोस्