ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकभर कोरोना संक्रमणको दर घट्दै पनि उपत्यकामा वृद्धि कारण यस्तो (भिडियोसहित)


एबीसी न्यूज
१५ श्रावण २०७७, बिहिबार   ११ : ५४   बजे

काठमाडौं, १५ साउन ।  गत जेष्ठ–असारको तुलनामा कोभिड–१९ संक्रमितको दर साउन महिनामा मुलुकभर घट्दै गएता पनि उपत्यकामा संक्रमित हुने दर वृद्धि भै रहेको छ । पछिल्लो १० दिनको तथ्याङंक हेर्ने हो भने पनि काठमाडौं उपत्यका ३ जिल्ला काठमाडौं,ललितपुर र भक्तपुरमा लकडाउन अन्त्य भए संगै कोभिड–१९ संक्रमितको दर बढ्ेको देखिन्छ ।

गत साउन ४ गते ३ जना संक्रमित पुष्टि भएको उपत्यकामा साउन १३ गते एकैदिन ४० जना कोभिड–१९ संक्रमित पुष्टि भएको छ । तथ्याङंक हेदा साउन १० गते बाहेक अन्य सबै दिन संक्रमित उकालो लागेको छ । साउन ५ गते ३ जना,साउन ६ गते ९ जना, साउन ७ गते पुन ३ जना, साउन ८ गते ९ जना, साउन १० गते ३ जना, साउन ११ गते ८ जना, साउन १२ गते ६ जना, र साउन १४ गते १५ जना संक्रमित पुष्टि भए संगै उपत्यकामा कोभिड संक्रमित बढ्ने क्रममा रहेको आंकलन गर्न सकिन्छ ।

उपत्यकामा लकडाउन अन्त्यसंगै यसरी दिनानुदिन संक्रमित वृद्धि भै रहदाँ जनस्वास्थ्यविद्हरुलेनै संक्रमण समुदाय स्तरमा पुगिसकेको आशंका गर्न थालेका छन् । तर,यता स्वास्थ्य मन्त्रालयलेभने संक्रमण समुदाय स्तरमा नफैलिएको बरु मुलुकभर संक्रमण घट्दै आएकोे बताउदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार संक्रमण समुदाय स्तरमा नगएको तर नागरिकहरुले साबधानी अपनाउनुपर्ने भन्दै माक्स, सेनिटाईजरको प्रयोग संगै सामाजिक दुरी कायम गर्दै अत्यावश्यक काम गर्न र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन सुझाउनु भयो ।

संक्रमित घट्न थालेको र जोखिम कम भएको महसुस गर्दैै सरकारले गत बुधबारदेखि लकडाउन अन्त्यको घोषणा गरेको थियो । मुलुकभर लकडाउन अन्तसंगै कोभिड—१९ संक्रमितको संख्या क्रमशः बढ्न थालेको छ । कतै कतै त एकै ठाउँमा एकैपटक दर्जनौं संक्रमित देखिन थालेका छन् । स्वास्थ्य शिक्षाविद् प्राध्यापक डाक्टर चित्रबहादुर बुढाथोकीले लकडाउन खुकुलो भएपछिका दिनमा कोभिड—१९को संक्रमण अझै बढ्दै गएको दावी गर्नुभयो ।

डाक्टर बुढाथोकीका अनुसार बिचमा सरकारले प्रस्तुत गरेको तथ्यांकमा संक्रमितको संख्या घटेको देखाएता पनि यर्थाथमा संख्या घट्नुमा भारतबाट आउने मानिसको संख्यामा कमि आएको र सरकारले परिक्षणको दर घटाएको कारण संक्रमित संख्या कम देखिएको दावी गर्नुभयो ।

लकडाउन खुकुलो भए संगै मानिसको चहलपहल मुलुकभर बाक्दिै गएको छ । जास्वास्थ्यविद्हरुले पनि आम–मानिसले कोभिड—१९लाई सामान्य रुपमा लिएको र होसियारी नअपनाए संक्रमण अझ बढ्न सक्ने अंकलन गर्न थालेका छन् । उपत्यकाकै उदाहरण दिंदै संक्रामक रोग विज्ञ तथा बैज्ञानिक डाक्टर समीरमणि दीक्षितले लकडाउन अन्त्य पश्चात उपत्यकामा संक्रमित बढ्दै जानु समुदाय स्तरमा संक्रमण रहेको सजिलै अनुमान गर्न सकिने भन्दै नागरिकले होसियारी नअपनाउने हो भने अझ भयावह हुने र सरकारले थेग्नै नसक्ने अबस्था आउने जानकारी दिनु भयो । त्यस्तै डाक्टर दीक्षितले सरकारले व्यापक रुपमा समुदाय स्तरमा परिक्षण गर्नु पर्ने धारणा राख्नु भयो ।

मुलुकभर संक्रमित तीव्र बन्दै जाँदा अझ बढि सकस हुने निश्चित छ । सरकारले अत्यावश्यक कामका लागि भन्दै लकडाउन अन्त्य गरे संगै आमनागरिकहरुकोे चहलपहलले अझ बढि भयावह हुने अबस्था आएको छ । यसर्थ नागरिक आफै सचेत बनि अत्यावश्यक काम बाहेक घरबाट सकेसम्म ननिक्लिउ र निस्किनै परे सुरक्षित भएको निस्कनु आवश्यक छ । र सरकारले पनि उपत्यका लगायत मुलुक भर नै परीक्षणलाई व्यापक बनाउन आवस्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group