ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीबाट सङ्ग्रहालयको अवलोकन


एबीसी न्यूज
२० श्रावण २०७७, मंगलबार   ६ : १३   बजे

काठमाडौं, २० साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज भक्तपुरको बालकोटस्थित आफ्नो निजी निवासमा आएर विभिन्न व्यक्तित्वसँंग भेटघाट गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री ओली बालुवाटारमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँंगको छलफलपछि अपराह्न बालकोटस्थित निजी निवासमा आउनुभएको हो ।

धर्मपत्नी राधिका शाक्यसहित बालकोट पुग्नुभएका प्रधानमन्त्री ओलीले सोमवारआफ्नो नयाँ घरमा बन्दै गरेको सङ्ग्रहालयको अवलोकन गर्नुभयो । आफ्नो सम्पत्ति ट्रष्टलाई दिने घोषणा गरिसक्नु भएका प्रधानमन्त्री ओलीको जीवनकालका बिभिन्न पक्ष समेटिएको विषय, तस्वीर, पुस्तक र महत्वपूर्ण दस्तावेजलाई पत्नी शाक्यले सङ्ग्रह गरी सङ्ग्रहालयका रुपमा गरेको व्यवस्थापनको उहाँले अवलोकन गर्नुभएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले अब अढाइ वर्षपछि मात्रै आफू स्थायी बसोबासका लागि बालकोट फर्किने बताउनुभयो । नेकपाका नेता एवं पूर्वसञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बास्कोटाको जिज्ञासामा प्रधानमन्त्री ओलीले अब अढाइ वर्षपछि मात्र घर फर्कन्छु भनेर जवाफ दिँदै बाँकी साढे दुई वर्ष आफैँले सरकारको नेतृत्व गर्ने सङ्केत दिनुभयो ।

प्रधानमन्त्री ओलीले पूर्वमन्त्री बास्कोटा र बस्नेतसँग राजनीतिक छलफलसमेत गर्नुभएको थियो । जनताको विश्वासलाई कायमै राख्न पनि पार्टीका अर्का अध्यक्ष प्रचण्डसंँगको छलफल सहमतिमा टुङ्गिने प्रधानमन्त्रीले विश्वास लिएको नेकपाका केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो । मुलुक र जनताको हितका लागि जतिसक्दो छिटो सहमतिमा पुग्नु आवश्यक रहेको प्रधानमन्त्रीले बताउनुभएको उहाँले जानकारी दिनुभयो ।

“जेरी खाएर छुट्टियौँ, जेरी मीठो थियो, कहिले जेरी खुवाएर, कहिले तीतेकरेला खुवाएर कुरा गर्नुपछ”, बालुवाटारमा आज अध्यक्ष प्रचण्डसँग छलफल गरी आफ्नो घर बालकोट आउनुभएका प्रधानमन्त्री ओलीलाई उद्धृत गरी सांसद बस्नेतले बताउनुभयो ।

बालकोट निवासमा प्रधानमन्त्रीले भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापा, नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति कर्णेल शिवप्रसाद पौडेल, सशस्त्र प्रहरी दुवाकोट भक्तपुरका प्रमुख र राष्ट्रिय अनुसन्धान भक्तपुरका प्रमुखलगायतको टोलीसंँग भक्तपुरको शान्ति सुरक्षाबारेमा जिज्ञासा राख्नुभएको थियो ।

प्रधानमन्त्रीले हनुमन्ते करिडोर निर्माणबारे पनि चासो राख्नुभएको थियो । कोरोना भाइरस सङ्क्रमण रोक्न तथा शान्ति सुरक्षा मजबुत बनाउन भक्तपुरका सांसद र प्रशासनले खेलेको भूमिकाप्रति आफू सन्तुष्ट रहेको उहाँले बताउनुभएको थियो ।

प्रधानमन्त्री भएपछि तेस्रो पटक बालकोटस्थित निजी निवास पुग्नुभएका उहाँ यसअघि माघ १६ मा वसन्तपञ्चमीको दिन पुग्नुभएको थियो । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि भने उहाँ सोमवार पहिलो पटक निजी निवास बालकोट पुग्नुभएको हो । प्रधानमन्त्री दम्पती आफ्नो निवास र करेसाबारी निरीक्षणसमेत गरेर करीब एक घण्टा बसेर बालकोटबाट बालुवाटार फर्केको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group