जनकपुर,२० मंसिर । महोत्तरीको गौशालामा रहेको माओवादी केन्द्रको पार्टी कार्यालयमा मंगलबार राति संघीय समाजवादी फोरम नेपालका नेता कार्यकर्ताले आक्रमण गर्दा माओवादी केन्द्रका प्रदेशसभा उम्मेदवारसहितका नेता कार्यकर्ता घाइते भएका छन् ।
आक्रमणमा महोत्तरीको क्षेत्र नं. १ प्रदेशसभा (ख) का वाम गठबन्धनका साझा उम्मेदवार भरतप्रसाद साह, गौशाला नगरपालिकाका मेयर शिवनाथ महत्तो लगायतका नेताकार्यकर्ता घाइते भएको माओवादीले जनाएको छ ।
राति कार्यालयमा बसिरहेको बेला झण्डै १२ बजेको समयमा महोत्तरी क्षेत्र नं. ४ मा संघीय फोरम र राजपा नेपाल गठबन्धनका संयुक्त उम्मेदावार लक्ष्मी महतोको नेतृत्वमा आएको नेताकार्यकर्ताको एक हुलले अचानक कार्यालयमा आक्रमण, तोडफोड र नेताहरुलाई घाइते बनाएको वाइसिएल महोत्तरीका अध्यक्ष शंकर महतोले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्