काठमाडौं, २० मंसिर । आज राति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सरकारले सबै गाडी चालकलाई आग्रह गरेको छ ।
सरकारले यसअघिको निर्णय अनुसार विहिबार मतदान हुने ४५ जिल्लामा गाडी चलाउन नदिने भएकाले आज राति १२ बजेअघि नै गन्तव्यमा पुग्न आग्रह गरेको हो । विहिबार मतदान हुने जिल्लामा सुरक्षा निकायका गाडी, चुनावी प्रयोजनको लागि सवारी पास लिएका र एम्बुलेन्स, दमकल, खानेपानी बोकेको ट्याङकर, दूरसंचार सेवा, शव बहान, अस्पताल सेवा र विद्युत सेवा लगायतका अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ । यसका लागि निर्वाचन हुने जिल्ला हँुदै चल्ने गाडी पनि चलाउन नदिने भएकाले आज राति १२ बजेअघि नै गन्तव्यमा पुग्न मन्त्रालयले सबैलाई अपील गरेको छ ।
प्रतिक्रिया दिनुहोस्