काठमाडौं, ३२ साउन । उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई काम गर्न बाटो खुला गरिदिएको छ ।
अदालतले भट्टको मुद्दामा अन्तरिम आदेश जारी नहुने निर्णय गरेको छ । न्यायाधीश ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको संयुक्त इजलासले भट्टविरुद्ध अन्तरिम आदेश जारी गर्नुनपर्ने आदेश दिएसँगै भट्टलाई काम गर्न बाटो खुलेको हो ।
यसअघि साउन २७ गते नकुल सुवेदीको इजलासले भट्टलाई काम नगर्न आदेश दिएको थियो । गएको साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका सुशील भट्टलाई लगानी बोर्डको सीइओ नियुक्त गरेको थियो । कैयौँ आयोजना अलपत्र पारेको र कालोसूचीमा परेका ठेक्कामा भट्टको संलग्नता रहेको भन्दै चौतर्फी आलोचना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्