ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदान गर्न घर फर्किँदै मजदुर


admin
२० मंसिर २०७४, बुधबार   २ : ०२   बजे

भक्तपुर, २० मंसिर । काभ्रेपलाञ्चोक बल्थलीबाट भक्तपुरको ताथलीस्थित श्री इँटाभट्टामा काम गर्न आएका रामप्रसाद श्रेष्ठको छ नाको परिवार आज बिहानै घर फर्किएको छ ।

कसलाई भोट दिने भन्नेबारेमा निर्णय लिई नसके पनि मत भने दिनैपर्छ भन्दै काम छाडेर सो परिवार घर फर्किएको हो । भक्तपुरका विभिन्न इँटाभट्टामा काम गर्न आएका मजदुर तीन दिनदेखि मतदान गर्नका लागि घर फर्किरहेकाछन् ।

इँटा व्यवसायी संघका पूर्वअध्यक्ष नवीन प्रजापतिले चुनावका कारण इँटाभट्टामा कामदारको अभाव भएको बताउनुभयो । विगतका वर्षमा यतिखेर इँटा बनाउन शुरु भइसक्नेमा यस वर्ष कतिपय चुनाव सकेपछि काम गर्न आउने भनेर ‘बुक’ भई पहिल्यै नै गएका र काम गरिरहेकाहरु कतिपय मत हाल्न भनेर घर फर्किएकाले मजदुरको समेत अभाव भएको बताउनुभयो ।

निर्वाचनमा मतदाताले उत्साहपूर्ण रुपमा मतदान गरुन् भन्ने उद्देश्यले निर्वाचनपछि आउने भनेकाले तिनलाई व्यवसायीले छुट दिएको प्रजापतिले बताउनुभयो । “मजदुर अभावकै कारण यस वर्ष इँटा उत्पादन ढिला हुनेछ ” उहाँको भनाइ थियो ।

सूर्यविनायक नगरपालिका सिपाडोलमा रहेको इँटाभट्टामा काम गर्ने अधिकांश मजदुर पनि घर फर्किएका छन् । धेरैजसो मजदुर मंगलबारसम्म घर गएका र बाँकी भएकाहरु आज बिहानैदेखि घर जान थालेको व्यवसायीको भनाइ छ । व्यवसायीले समेत मजदुरलाई “यस पटकको मत हाल्नैपर्छ खेर फाल्न हुन्न” भनेर पठाएका छन् ।

सिपाडोलका एक इँटाभट्टामा काम गर्ने सिन्धुलीकी सुन्तली सुनुवारको पाँच जनाको परिवार पनि मत हाल्न घर फर्किएको छ । आज बिहान सूर्यविनायकबाट बस चढ्नुअघि मत हाल्न घर जान लागेको बताउँदै सुनुवारले भन्नुभयो, “गाउँमै रोजगारी दिन्छौँ, भूकम्पले भत्केको घर बनाइदिन्छाँै भनेर उम्मेदवारले भनेकाले भोट हाल्न गाउँ जान लागेका हौँ ”बताउनुभयो ।

इँटाभट्टाबाहेक खेतमा काम गर्न आएका मजदुर मतदाता पनि घर फर्किएका छन् । चाँगुनारायण नगरपालिका– ९ ताथलीका सानुभाइ गिरीले खेतमा काम गर्न आएका मजदुर पनि काम छाडेर मतदान गर्न फर्किएको बताउनुभयो । भक्तपुरमा मजदुर नपाइने भएपछि विभिन्न जिल्लाबाट हरेक वर्ष खेतको काम गर्न मजदुर आउँछन् । “भोट हालेर फर्किन्छौ भन्दै मजदुर घर फर्किएपछि खेत खन्न र गहुँ छर्न पनि ढिला हुन थालेको छ” उहाँको भनाइ छ ।

काठमाडौँ उपत्यका बाहिरबाट आएका भक्तपुर औद्योगिक क्षेत्रभित्रका विभिन्न उद्योगका कामदार पनि मतदानकै लागि गाउँ फर्किएपछि कतिपय उद्योग दुई दिनदेखि बन्द भएको छ । भक्तपुरमा ६२ इँटाभट्टामा स्थानीय र बाहिरका गरी करीब ३० हजार मजदुर कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group