ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डका ३ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ, अध्यक्ष दोस्रो पटक कारोना आइसोलेशनमा


ABC NEWS
१५ भदौ २०७७, सोमबार   १ : ४४   बजे

 

काठमाडौं १५ भदौ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्ना सुरक्षाकर्मीममा देखिएको कोरोना संक्रमणका कारण दोस्रो पटक आइतबारदेखि आइसोलेशनमा बसेका छन् ।
प्रचण्डको निजी सुरक्षामा खटिएका थप ३ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि प्रचण्ड पनि थप स्वास्थ्य सुरक्षाका लागि आइसोलेशनमा बसेका हुन् । दुई हप्ता पहिले पनि प्रचण्डको सुरक्षामा रहेका ६ जना सुरक्षाकर्मीमा कारोना पोजेटिभ देखिएपछि प्रचण्ड परिवारनै एकान्तवासमा बसेको थियो ।
आइतबारदेखि भने प्रचण्ड परिवार आफ्नै निवासमा आइसोलेशनमा बसेका छन् । प्रचण्ड परिवारका अन्य कोही पनि सदस्य तथा सहयोगीलाई कोरोना पोजेटिभ देखिएको छैन ।

पछिल्लो पटक पार्टीको कार्यदलले बुझाएको प्रतिवेदनमाथि दुई अध्यक्षकाबीचमा सघन छलफल गरी ठोस प्रस्ताव बनाएर भदौ १८ गते सचिवालय बैकठ बस्ने तय भएको थियो । आइतबार पनि दुई अध्यक्षले वान अन वान छलफल गर्ने कार्यतालिका रहेको थियो । प्रचण्डले आइतबार विहान मात्र आफ्ना थप ३ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ रिपोर्ट आएको थाहा पाएपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई तीन दिन आइसोलेशनमा बसेपछि मात्र दुई जनाबीच छलफल गर्नु उचित हुने बताएको खुमलटार श्रोतले बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलको गत फागुनमा दोस्रो पटक मृगौला प्रत्यारोपण गराइएको थियो । कोरोना संक्रमणका लागि मृगौला र मुटु रोगसम्वन्धी विरामीहरु बढी जोखिममा रहने हुनाले मृगौलाका विरामी प्रधानमन्त्रीसंग केही दिनपछि मात्र छलफल गर्ने प्रचण्डले निर्णय गरेका हुन् ।
नेकपा सचिवालयको बैठक गत १३ गते बस्ने भनिएकोमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा कोरोनाबाट आशंकित रहेका कारण सचिवालयको बैठक १८ गतेसम्म सरेको थियो । पछि दुवै जनाको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । थप केही मन्त्रीहरुमा पनि कोरोना पोजेटिभको आशंका भएकाले आइतबारको मन्त्रिपरिषद्को बैठकमा समेत चर्चा भएको थियो ।
नेकपा उच्च स्रोतका अनुसार सम्भवत १८ वा १९ गते दुई अध्यक्षबीच सघन छलफल भएपछि मात्र सचिवालयको बैठक र स्थायी समितिको बैठक हुने बताइएको छ । महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय पार्टीमा उत्पन्न समस्या समाधान कार्यदलले गत ६ गते दुई अध्यक्षलाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन सार्वजनिक पनि भइसकेका कारण सत्तारुढ दलभित्रको विवाद समाधान भएको मानिएको छ ।
तर पछिल्लो समय कोरोना संक्रमण देशभर र राजधानीमा समेत तीव्र रुपमा बढेकाले स्वास्थ्य जोखिम भने झन बढ्न पुगेको छ । आइतबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यको ख्याल गरेर जनताको पक्षमा काम गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सम्बन्धित

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

विश्वकप २०२६: फ्रान्स र स्पेन सेमिफाइनल भिडन्तको तयारी पूरा, इंग्ल्यान्ड–अर्जेन्टिना खेलको पनि प्रतिक्षा

नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu