ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन् ।
आठराई त्रिवेणी गाउँपालिका–हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सोमबार बिहान पुलको छेउबाट करिब १५ मिटर तल खसेर मैवाखोलाले बगाएको हो ।
दुर्घटनापछि ट्याक्टरमा सवार मेरिङदेन–६ नाल्बोका १४ वर्षीय समीर नाल्बो इलाका प्रहरी कार्यालय दोभानमा पुगेर घटनाबारे जानकारी गराएका थिए ।
ट्याक्टर पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा फेला परेको छ । ट्याक्टर चालक समीर बराइली र सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी कमल बजगाईले बताए ।
बेपत्ताको खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादवको नेतृत्वमा टोली परिचालन गरिएको छ ।
प्रहरीका अनुसार ट्याक्टर अरुण भेनियर कम्पनीको हो । घटनाबारे कम्पनी सञ्चालक प्रकाश नाल्बोसँग आवश्यक समन्वय भइरहेको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय दोभानबाट करिब ८०० मिटर उत्तरतर्फ पर्छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्