शशिधर भण्डारी
प्यूठान, २१ मंसिर ।
गौमुखी गाउँपालिका ३ रजवाराकी १ सय २ बर्षिय दुर्पती मल्लले यस पटक पनि मतदान गर्न छोडिनन्। स्थानीय तहको निर्वाचनमा पनि उत्साह पूर्वक मतदान गर्न गएकी उनले यस पटकको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको का लागि चिसोमा पनि नाती जित बहादुर मल्लालाई बोक्न लगाएर मतदान स्थलमा पूर्याउनै लगाइन ।
उनले स्थानीय खरा मावीमा रहेको मतदान केन्द्रबाट मतदानको शुभारम्भ गरिन । नातीको सहयोगमा मतदान गरेको मतदान अधिकृत भानुभक्त पोखरेलले जानकारी दिए । कर्मचारीको ढिलासुस्तीका कारण् ढलिाबाट शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्