ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवालाई अपहरण तथा शरिर बन्धक बनाई फिरौती माग गर्ने तीन जना पक्राउ


एबीसी न्यूज
२६ भदौ २०७७, शुक्रबार   ३ : ५९   बजे
????????????????????????????????????

बनेपा, २६  भदौ  । युवालाई अपहरण तथा शरिर बन्धक बनाई फिरौती माग गर्ने तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले काभ्रेको पाँचखाल नगरपालिका– १२ देवभूमीका २३ वर्षिय राजकुमार दनुवारलाई उपहरण तथा शरिर बन्धक बनाई फिरौती माग गर्ने पाँचखाल– १२ तीनघरेका आकाश परियार, काभ्रेको तेमाल गाउँपालिका– ७ माईती भएकी सविना तामाङ र काभ्रे कै रोशी गाउँपालिका– १२ माईती भएकी उमा परियारलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आकाश र सविना श्रीमान् श्रीमती हुन् । आकाश र सविनालाई बिहिबार राती धुलिखेल नगरपालिका– ४ स्थित २८ किलोबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो । प्रतिवादी सविनाले बुधबार दिउँसो राजकुमार दनुवारलाई फोन गरी २८ किलोमा भेट्न बोलाएको र प्रतिवादी सविना तामाङ र उमा परियारले पिडित युवालाई भेटी सविनाले जंगलतर्फ लगेको प्रहरीले जनाएको छ ।

२८ किलोमा भेट भएर जंगलतर्फ गएका राजकुमार र सविना जंगलको एकान्त स्थानमा कुराकानी गरेर बसेको समयमा सविनाका श्रीमान् आकाशलगायत अन्य व्यक्तिले पिडित राजकुमारलाई बन्धक बनाई घटना मिलाउनका लागि ५० हजार रुपैँया माग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रतिवादीहरुले पिडित राजकुमारलाई बनेपा बुडोलस्थित कर्वड हाउसको शौचालयभित्र बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ ।

राजकुमार अपहरणमा परेको खबर पाएपछि प्रहरी निरिक्षक सुरेश खत्रीको कमाण्डमा गएको प्रहरी टोलीले बुधबार राती साढे ११ बजे बुडोलको कबर्ड हाउसको शौचालयबाट उद्धार गरेको थियो । अपहरणमा संलग्न व्यक्ति आकाश परियार र सविना तामाङलाई पक्राउ गर्ने क्रममा बिहिबार राती प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको थियो ।

प्रहरीले उमा परियारलाई भने शुक्रबार बिहान धुलिखेल २८ किलो चोकबाट पक्राउ गरेको हो । पक्राउ गरेका तीनै जनालाई ‘मुलुकी अपराध संहिता, २०७४’को परिच्छेद–१७ अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा शुक्रबार जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu