काठमाडौं, २७ भदौ। काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ जनाको मृत्यु भएको छ । काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष, ७६ वर्षीया महिला र भक्तपुरका ३८ र ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्