ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म सरकारसंगै रहन्छु, देशको अर्थतन्त्र ठिक बाटोमा छ (एक्सकुलुसिभ भिडियो)


ABC NEWS
२८ भदौ २०७७, आइतबार   १२ : ४२   बजे

 

काठमाडौं २८ भदौं । निर्वतमान  अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफ्नो कार्यकालमा पारदर्शिताको विधि बसालेको बताउनुभएको छ । कर तथा भन्सार छल्नेहरुलाई कर प्रणालीमा आउन बाध्य पार्नेदेखि राज्यको फजुल खर्च र जहाँतहीँ जेसुकै आयोजना खडा गरेर बजेट छर्ने परम्पराको पनि अन्त्य गरेको उहाँको भनाई छ । २ वर्ष ६ महिनाको अर्थमन्त्रीको कार्यकाल सकेर निवर्तमान हुनुभएका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले गतहप्ता राजिनामा दिनुभयो । उहाँले आफ्नो कार्यकालको समीक्षा गर्दै आर्थिक अनुशासन, सुशासन कायम गराउनको निम्ति आफूले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभएको छ ।

उहाँले आफ्नो कार्यकालमा नीजि क्षेत्र र अन्तराष्ट्रिय समुदायको विश्वास जित्ने चुनौती रहेको भएपनि नीजि क्षेत्रलाई पनि वित्तिय अनुशासनमा ल्याउनुका साथै अन्तराष्ट्रिय समुदायको विश्वास जित्न र नेकपाले चुनावको बेलामा गरेको घोषणा अनुरुपको कार्यान्वयन गर्दै समाजवाद तर्फ जाँदैछौँ भन्ने झल्को दिनको निम्ति आधार तयार पारेको बताउनुभयो । देशमा आर्थिक वृद्धिदर बढिरहेको अवस्था भए पनि पछिल्ला महिनाहरुमा कोभिड १९ का कारण अर्थतन्त्रमा असर परेको छ ।

डा. खतिवडाले एबीसी टेलिभिजनका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग विशेष कुराकानी गर्दै कोभिड अन्त्यपछि आर्थिक वृद्धि हुने उहाँको विश्वास छ । देश समृद्धिको बाटोमै हिडिरहेको उहाँको भनाई छ । डा. खतिवडाले नेपालको अर्थतन्त्रमा देखा परेका विकृति र बिसंगति रोक्न आफुले भरमग्दुर प्रयास गरेको बताउनुभयो ।

विगतका दिनमा राजनीतिक दबाब सिर्जना गरेर अस्वस्थ व्यवसायिक प्रतिस्पर्धा गर्ने, राज्यको ढिकुटी दोहन गर्ने, कर तथा भन्सार छल्ने र मनलाग्दि रुपमा आफु अनुकुल विकास निर्माणका कामदेखि विभिन्न आयोजना खडा गरेर बजेट छर्ने परम्पराको अन्त्य गर्दै समग्र बजेट राष्ट्रिय हितका निम्ति लगाएको र यसको सकारात्मक प्रतिफल आगामी दिनमा देखापर्ने पूर्वमन्त्री खतिवडाको भनाई छ । निर्वतमान मन्त्री खतिवडाले आफूलई तीन वटा बजेट पेश गर्ने बेलासम्म अवसर दिने प्रधानमन्त्री, पार्टी अध्यक्ष तथा सबै नेताहरुलाई धन्यवाद दिनु भएको छ । खतिवडाले आफू कुनै न कुनै रुपमा सरकारसगै रहने पनि बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 तीन सातापछि लगानी बोर्डको जिम्मेवारी सम्हालिन् नवनियुक्त सीईओ याङ्की उक्याब

 स्वास्थ्य समस्या देखिएपछि पूर्वबडामहारानी रत्न नर्भिक अस्पतालमा भर्ना

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu