ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलमानलाई पुनर्नियुक्ति गर्न कार्यविधि बाधक


एबीसी न्यूज
२८ भदौ २०७७, आइतबार   २ : ३९   बजे

काठमाडौं, २८ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुर्ननियुक्ति गर्न कार्यविधि बाधक रहेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । उर्जामन्त्री बर्षमान पुनका एक सहयोगीका अनुसार घिसिङलाई पुनर्नियुक्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान मन्त्रालय तयार रहे पनि कार्यविधि बाधक रहेको बताएका छन् । उनका अनुसार कार्यविधिमा प्राधिकरणको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट मात्रै नियुक्त गर्न सकिने प्रावधान रहेको छ ।

तत्कालिन उर्जामन्त्री गोकर्ण विष्टको समयमा नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ मा टेकेर उक्त कार्यविधि बनाइएको थियो । सोही कार्यविधिका कारण यसअघि घिसिङलाई सोझै नियुक्ति गर्न नमिलेकाले खुल्ला प्रतिस्पर्धा गर्न पनि समय लाग्ने भएकाले मन्त्रालयका तत्कालिन सहसचिव (हालका सचिव) दिनेश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति बनाएर दुई दिनमा आन्तरिक प्रतिस्पर्धा गरी कार्यकारी निर्देशक नियुक्तिका लागि घिसिङ, उर्जा मन्त्रालयका सहसचिवद्धय नविन सिंह र मधु भेटवालको नाम मन्त्रिपरिषदमा पेश गरिएको थियो । मन्त्रिपरिषदले घिसिङलाई नियुक्ति गरेको थियो ।

यदि घिसिङलाई निरन्तरता दिने हो भने मन्त्रिपरिषदले पहिला उक्त कार्यविधि संशोधन वा खारेज गर्नुपर्ने हुन्छ । एउटा व्यक्तिलाई पुर्ननियुक्ति गर्न कार्यविधि नै संशोधन वा खारेज गर्ने कुराले फेरि गलत नजिर बस्छ कि ? भनेर मन्त्रालयमा छलफल पनि भइरहेको मन्त्रीका सहयोगीले बताए । यद्यपि घिसिङलाई निरन्तरता दिन उर्जामन्त्री पुनः सकारात्मक रहेको र नेकपाका पार्टी अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच पनि कुराकानी भइसकेको जनाइएको छ ।

प्रधानमन्त्री ओली घिसिङलाई दुई बर्ष मात्रै म्याद थप गर्न इच्छुक रहे पनि कार्यविधिमा तोकेरै कार्यकारी निर्देशकको कार्यकाल चार बर्ष हुन्छ भनेकाले यदि पुर्ननियुक्ति हुने हो भने चारै बर्षका लागि हुने छ । यदि घिसिङलाई पुनर्नियुक्ति गर्ने हो भने आइतबार नै मन्त्रिपरिषदको बैठक बस्नुपर्ने हुन्छ । सामन्यतया सोमबार मात्रै यस्तो बैठक बस्ने चलन रहेकोमा घिसिङको पुनर्नियुक्तिका लागि मात्रै मन्त्रिपरिषद बैठक बस्ने कुरामा पनि आशंका जन्मिएको छ ।

यसअघि, उर्जासचिव दिनेश घिमिरेले एक एमएफलाई अन्तरवार्ता दिँदै प्राधिकरणको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट छनोट हुने बताएका थिए । उनले घिसिङ पुनर्नियुक्ति हुने हो भने सोही प्रक्रियामा सामेल हुनुपर्ने भन्दै घिसिङ योग्य र क्षमतावान व्यक्ति भएकाले खुल्ला प्रतिस्पर्धाबाट उनी नै आउने विश्वास व्यक्त गरेका थिए । मन्त्रालयले अन्तिम समयमा आएर कार्यविधिमा समस्या औंल्याएबाट घिसिङले निरन्तरता पाउने कुरामा अझै अन्योलता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu