काठमाडौं, २९ भदौ । काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा उपत्यकामा थप जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार काठमाडौंका ४ सय ४० जना, ललितपुरका २९ जना र भक्तपुरका ४३ जना रहेका छन् । अहिलेसम्म काठमाडौंमा ९ हजार ५ सय ८६ जना, ललितपुरमा १ हजार १ सय ६२ जना र भक्तपुरमा ९ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण भइसकेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्