काठमाडौं, ३० भदौ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट २ करोड ९४ लाखभन्दा बढी मानिसमा संक्रमित बनेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९४ लाख ३७ हजार मानिस संक्रमित बनेका हुन ।
यस्तै एकै दिन थप ४ हजार ३५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ३२ हजार ४२२ पुगेको छ ।
एकै दिन २ लाख ४७ हजार ९८४ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १२ लाख ७३ हजार ३०४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १२ हजार ९१३ जनाको मृत्यु भएको छ । ४१ लाख २५ हजार ४१८ जना संक्रमित भएकोमा २२ लाख ५५ हजार १३३ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९० हजार ६१६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८० लाख ३८ हजार ९७० पुगेको छ । त्यसमध्ये ४९ लाख २८ हजार २१७ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख ६६ हजार १४४ जनाको मृत्यु भएको छ । ८७ लाख १७ हजार ८० जना संक्रमित भएकोमा ७० लाख ६१ हजार ७९३ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २९ हजार २६७ जनाको मृत्यु भएको छ । ७१ लाख ५९ हजार १०६ जना संक्रमित भएकोमा ५८ लाख ९० हजार ३२९ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा ३२ हजार ८४९ जनाको ज्यान गएको छ भने १३ लाख ६६ हजार १३८ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख १० हजार ९७१ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८५० जनाको मृत्यु भएको छ । ३० हजार १५८ जना संक्रमित भएकोमा २६ हजार २१० जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्