ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्रको गतिशीलताका लागि सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाऔँ : नेपाल


एबीसी न्यूज
३१ भदौ २०७७, बुधबार   ९ : ००   बजे
फायल फोटो
फायल फोटो

काठमाडौं, ३१ भदौ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क_ राष्ट्रका अर्थमन्त्रीहरुको १५ औँ अनौपचारिक बैठकमा नेपालले कोभिड–१९ का कारण सदस्य देशका अर्थतन्त्रमा गम्भीर असर परेको यथार्थ औँल्याउँदै सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाएर अर्थतन्त्रलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको छ ।

मनिलास्थित एशियाली विकास बैंक -एडिबी_को प्रधान कार्यालयमा आज भएको बैंकको ५३ औँ वार्षिक बैठकका सन्दर्भमा सार्क सचिवालय र एडिबीको समन्वयमा अप्रत्यक्षरुपमा आज भएको उक्त बैठकमा नेपालले संयन्त्रको क्रियाशीलता तथा कोभिड–१९ को प्रभावबाट मुक्त हुन सदस्य राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारी अभिवृद्धि अपरिहार्य वास्तविकता औँल्याएको हो ।

अर्थ मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बैठकमा भाग लिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले महामारी रोकथाम, नियन्त्रण र उपचारमा सबै सदस्य मुलुक सक्रिय रहेको वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्र सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्न सकिने बताउनुभयो ।

“सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउँदै आर्थिक पुनरुत्थान रणनीति निर्धारण, निर्धन र रोजगारी गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधारका साथै उनीहरुको मनोसमाजिक समस्या सम्बोधन गर्नुपर्ने आवश्यकता छ ”, उहाँले भन्नुभयो ।
बैठकमा मन्त्री ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नाका साथै त्यसको अध्यक्षता पनि गर्नुभएको थियो । नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र तथा एडिबीको संस्थापक सदस्य हो ।सार्कका महासचिव इसाला विराकुनले दक्षिण एशियाली अर्थतन्त्रको पुनरुत्थानका लागि सदस्य मुलुकबीच समन्वय गर्न सचिवालय प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu