ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं जिल्लामा मात्र ११ हजार २ सय ३९ जना संक्रमित : ५० संक्रमितको मृत्यु (कुन वडामा कति संक्रमित सूचिसहित)


एबीसी न्यूज
१ आश्विन २०७७, बिहिबार   १२ : १५   बजे

काठमाडौं, १ असोज ।  काठमाडौं उपत्यकामा विहिवार सम्म थप ७ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ६५२, भक्तपुरका २५ र ललितपुरका ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, बुधबार नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले बताउनुभयो । उहाका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ। संक्रमितमध्ये ४१ हजार ७०६जना निको भएर घर फर्किएका छन् भने कोरोना स‌ंक्रमणबाट अहिलेसम्म ३७९ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १०६८ जना घर फर्किएका छन्। कोरोना भाइरसको संक्रमणले काठमाडौंमा ५० संक्रमितले ज्यान गुमाएका छन्। देशभर ३ सय ७९ संक्रमितको मृत्यु भएकामा काठमाडौं महानगरमा मात्र ५० जनाको मृत्यु भएको हो।

काठमाडौं जिल्लामा मात्र ११ हजार २ सय ३९ जना संक्रमित रहेका छन् । भदौ ३० गतेसम्मको महानगरको तथ्यांक अनुसार महानगरमा ६ हजार २९ संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९७ छ।

महानगरका सबै वडामा संक्रमण पुगिसकेको छ। यसरी संक्रिमत भएकामध्ये आधा मानिस होम आइसोलेसनमा छन्। कुल संक्रमितमध्ये १७ सय ७ जना होम आइसोलेसनमा छन्। १२ सय ९० जना संस्थागत आइसोलेसनमा रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ।

अस्पतालमा ४ सय ५ जना रहेका छन्। विवरण खुल्न नसकेका ४ सय ५२ संक्रमित महानगरमा रहेका छन्। महानगरमा २ हजार १ सय २५ जना संक्रमणमुक्त भएका छन्।

कुन वडामा कति संक्रमित ?

वडा न १ नक्साल- १४१, मृत्यु १
वडा न २ लाजिम्पाट- ४४, मृत्यु ०
वडा न ३ महारागञ्ज- ३७३, मृत्यु १
वडा न ४ धुम्वाराही- १७९, मृत्यु ३
वडा न ५ हाँडीगाउँ- ९३, मृत्यु ३
वडा न ६ बौद्ध- १०९, मृत्यु १
वडा न ७ मित्रपार्क- २०८, मृत्यु ४
बडा न ८ जयवागेश्वरी-१४३, मृत्यु ०
वडा न ९ गौशाला-१४८, मृत्यु १
वडा न १० बानेश्बर-१४५, मृत्यु ३
वडा न ११ त्रिपुरेश्वर-३२९, मृत्यु १
वडा न १२ टेकु- ८९, मृत्यु २
वडा न १३ कालिमाटी-३०१, मृत्यु ३
वडा न १४ कलंकी-२७०, मृत्यु १
वडा न १५ स्वायम्भु-५६४, मृत्यु १
वडा न १६ बालाजु-४१५, मृत्यु ३
वडा न १७ खुशिवु-९३, मृत्यु १
वडा न १८ नरदेवी- ३६, मृत्यु ०
वडा न १९ कंकेश्वरी-२५, मृत्यु ०
वडा न २० भिमसेनस्थान-६०, मृत्यु २
वडा न २१ लगन- ७१, मृत्यु ४
वडा न २२ संकटा- ६४, मृत्यु १
वडा न २३ ओमबहाल-६८, मृत्यु ०
वडा न २४ मखन- ६५, मृत्यु ०
वडा न २५ नःघल-६२, मृत्यु ३
वडा न २६ लैनचौर- १७८, मृत्यु १
वडा न २७ इनबहाल-२८०, मृत्यु ४
वडा न २८बागवजार-३२१, मृत्यु १
वडा न २९ डिल्लीबजार-१६७. मृत्यु ०
वडा न ३० ज्ञानेश्वर-८७, मृत्यु २
वडा न ३१ शान्तिनगर-१२५, मृत्यु १
वडा न ३२ कोटेश्वर-४५२, मृत्यु २

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group