काठमाडौं, १ असोज । सरकारले संविधान दिवसका अवसरमा विभूषण पाउने व्यक्तिहरूको नाम सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभिन्न विधामा विभूषण पाउने ५ सय ९० व्यक्तिको नाम सिफारिस गरेको एक मन्त्रीले बताउनु भयो।
आजको मन्त्रिपरिषदमा अरु एजेण्डा केही पनि थिएन। विभूषण पाउने व्यक्तिहरूको नाम सिफारिस गरिएको हो,विभिन्न विधामा गरी ५ सय ९० को हाराहरीमा विभूषण पाउने व्यक्तिको नाम तयार भएको एक मन्त्रीले बताउनु भयो।। उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वको विभूषण सिफारिस समितिको प्रस्तावको आधारमा मन्त्रिपरिषदले मानपदवीको निर्णय गरेको हो।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ।
गत वर्ष सरकारले संविधान दिवस९असोज ३० का दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई विभिन्न खाले सम्मान र पदक दिने घोषणा गरेको थियो।यसपटक सिफारिस गरिएका व्यक्तिले अर्को वर्षको संविधान दिवसका दिन विभूषण पाउँछन्।
प्रतिक्रिया दिनुहोस्