ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डब्ल्युटिओमा समस्या छ भने किन ठीक नगरेको ?


एबीसी न्यूज
२ आश्विन २०७७, शुक्रबार   ८ : ५३   बजे


अमेरिकाको चिनियाँ सामग्रीमा महसुल थोपर्ने कार्यले अन्तर्राष्ट्रिय व्यापारका नियमहरू उल्लंघन गरेको भन्ने विश्व व्यापार संगठनको नयाँ रुलिङले व्यावहारिक रूपले किञ्चित पनि प्रभाव देखाउनेछैन किनकि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ती नियम लागू गर्ने प्रणालीको धज्जी जो उडाइदिएको छ । जेहोस्, डब्ल्युटिओले जुन निष्कर्ष निकालेको छ, त्यो भने विचारणीय छ ।

नियममा आधारित विश्व व्यापार प्रणालीलाई भत्काउने राष्ट्रपति ट्रम्पको जुन प्रयास छ, त्यसलाई यो निष्कर्षले यस प्रणालीमाथि आक्रमणको एउटा अर्को कदमका रूपमा चित्रित गरेको छ । ट्रम्पको यो कदमले अमेरिका र उसका साझेदार सबैलाई नै हानि पुर्‍याइरहेको छ । समयक्रममा अझै बढी खती गर्दै जानेछ ।

अमेरिकाले बेइजिङका संदिग्ध व्यापार नीतिहरूको प्रतिक्रियास्वरूप सन् २०१८ मा कथित सेक्सन ३०१ अन्तर्गत महसुल वृद्धि गरेपछि चीनले डब्ल्युएचओमा यसबारे उजुरी गरेको थियो । महसुल लगाउँदा अमेरिकाले चीनले विदेशी प्रविधि अनधिकृत प्रयोग गर्ने गरेको तथा बौद्धिक सम्पत्तिको चोरी गरेको जस्ता आरोप लगाएको थियो ।

तर, विश्व व्यापार संगठनले विश्व व्यापारका प्रचलित नियमबमोजिम अमेरिका आफ्नो महसुल लगाउने कदमको पर्याप्त औचित्य प्रमाणित गर्न असफल भएको भनेको छ । यद्यपि, उसले कुनै परिणाम भने भोग्नुपर्ने छैन । किनकि अमेरिकाले डब्ल्युटिओको निष्कर्ष र रुलिङलाई या त पूरै बेवास्त गरिदिनेछ या निर्णयमा पुनरावलोकनका लागि डब्ल्युटिओको प्यानलसमक्ष अपिल गर्नेछ । तर, त्यस प्यानललाई अमेरिकाले नयाँ जुरी सदस्य नियुक्त रोकिदिएर पक्षघातमा पारेको छ । फेरि बदलामा चीनले पनि महसुलको हतियार उठाएकै छ, त्यो पनि नियमको उल्लंघन नै हो ।

अब डब्ल्युटिओका लागि अमेरिकाका व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरको भूमिका के हुन्छ, धेरै कुरा त्यसैले निर्धारण गर्नेछ । उनले त डब्ल्युएचओको यो निष्कर्षले डब्ल्युटिओका नियमहरूको कुनै प्रयोजन छैन, यो संगठन चीनले खडा गरेका चुनौती मुद्दा उठाउन असफल छ भन्ने अमेरिकाको दाबीको नै पुष्टि गर्ने भनेका छन् । ‘यस प्यानल रिपोर्टले ट्रम्प प्रशासनले चार वर्षदेखि जे भनिरहेको छ, त्यसकै पुष्टि गर्छ । डब्ल्युटिओ चीनको हानिकारक प्रविधि अभ्यास रोक्न पूर्णतः असफल छ,’ उनले भनेका छन् ।

नियममा आधारित व्यापार प्रणाली र त्यसमाथि विराजमान डब्ल्युटिओको संगठनको सुधार नगरी नहुने भएको छ । अमेरिकाको प्रभावकारी नेतृत्वमा व्यापार पुनर्जीवित हुन र विश्व अर्थतन्त्र सुदृढ हुन सक्छ ।

वास्तवमा अधिकांश सरकार र व्यापार नीतिविद्हरू डब्ल्युटिओका नियममा सुधार आवश्यक रहेकोमा सहमत छन् । साथै, विकासको विनाशकारी राज्य पुँजीवाद चिनियाँ मोडलले यो प्रणालीलाई दबाबमा राखेकोमा पनि सहमत छन् । प्रश्नचाहिँ के हो भने यी परिवर्तनलाई सम्बोधन गर्न उनीहरू डब्ल्युटिओ प्रशासनको नेतृत्व किन गर्दैनन् रु विचार मिल्नेहरू एकठाउँमा आउनुको सट्टा यो प्रणालीलाई नै पूरै ध्वस्त बनाउने विकल्प नै किन छनोट गरेको रु

यो विश्व व्यापार व्यवस्था त्रुटिपूर्ण नै भए पनि आपसी आर्थिक फाइदाका लागि अमेरिका र उसका मित्रशक्तिले नै तयार गरेका हुन्, जुन अपेक्षा गरिएभन्दा बढी नै सफल भएको पनि हो । दशकौँसम्म अन्तर्राष्ट्रिय व्यापारको विस्तारले विश्वव्यापी आर्थिक वृद्धिलाई समर्थ बनाएको पनि हो ।

जसका कारण सहभागी हरेक मुलुकले आयमा वृद्धि साक्षात्कार गरे, जीवनस्तर र जीवनको गुणस्तर सुधारे । पक्कै पनि अहिले वृद्धि अवरुद्ध भएको छ । अधिकांश कामदार आफ्नो समुदायमा थोपरिएको आर्थिक परिवर्तनको लागत उठाउन लामो समयदेखि असफल छन् । तर, त्यो चुनौतीलाई सम्बोधन गर्ने सर्वोत्कृष्ट तरिका अधिक प्रभावी सामाजिक बिमा र परिवर्तनलाई अनुकूलन गर्न मद्दत नै हो । व्यापार र बढ्दो आयको पृष्ठभूमिमा, व्यापार र प्रतिस्पर्धाको विस्तार हुँदा त्यस्ता नीतिहरूको लागत पनि सस्तो नै पर्न जान्छ ।

नियममा आधारित व्यापार प्रणाली र त्यसमाथि विराजमान डब्ल्युटिओको संगठनको सुधार नगरी नहुने भएको छ । अमेरिकाको प्रभावकारी नेतृत्वमा व्यापार पुनर्जीवित हुन र विश्व अर्थतन्त्र सुदृढ हुन सक्छ । तर, ट्रम्प र उनका अधिकारी डब्ल्युटिओमा केवल तोडफोडका लागि बसेका छन् । उनीहरू यो प्रणालीको गुफामा पसेर त्यही क्षति देखाउँछन्, जो उनीहरू आफैँले गरेका हुन् र भन्छन्, ‘हेर्नुस् त, हामीले भनेकै थियौँ, यो भत्किन्छ भनेर ।’

ब्लुमबर्ग को सम्पादकिय नेपालीमा अनुवाद

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group