ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौमा बालबालिकाको सुन लुट्ने महिला पक्राउ


एबीसी न्यूज
७ आश्विन २०७७, बुधबार   ३ : २३   बजे

काठमाडौँ, ७ असोज । महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ। उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमूल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया सङ्गिता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो। म्याग्दी स्थायी घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने क्षेत्रीले एक्लै हिँडेका बालबालिकालाई आमाको साथी हुँ भन्दै चकलेट, आइसक्रिम किनेर प्रलोभनमा पार्दै सुन लगायतका धातुका गहना लुट्ने गरेकोे महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

कार्कीका अनुसार विगत लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेकी उक्त महिलाले सुन लुटेको भन्दै उपत्यकाका विभिन्न प्रहरी कार्यालयका गरी २२ पीडित बालबालिकका अभिभावकले उजूरी दिएका थिए। उपत्यकाका बौद्ध, माकलबारी, मनमैजु, कपुरधारा, कोटेश्वर, कपन, आरुबारी, महाङ्काललगायतका क्षेत्रलाई लक्ष्य गरी अभियुक्त क्षेत्रीले चोरी गर्दै आइरहेकी थिइन्। चार वर्षदेखि दश वर्ष उमेरका बालिबालिकालाई लक्ष्य गरी चोरी गर्ने उक्त महिलालाई प्रहरीले काठमाडौँको माकलबारीबाट गएराति पक्राउ गरी आजै म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेको छ। प्रहरीले चोरीका गहना किनबेचमा संलग्न रहेको भन्दै एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। बिल बिनाका चोरीका गहना अभियुक्त क्षेत्रीले ललितपुरको दर्ता बिनाको सुन पसलमा लगेर बेच्ने गरेको तथ्य प्रहरीले फेला परेको छ।

काभ्रे घर भई ललितपुर बस्ने ३० वर्षीय मुरली विकले ललितपुर महानगरपालिका–६ कनिबहालमा अवस्थित बिना दर्ता चलाउँदै आएको सुन पसलमा चोरीका गहना सस्तो मूल्यमा किनेर स्वरुप परिर्वतन गरी बच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका निज विकको पसलबाट ३० हजार रुपैयाँसहित चुडिएको सिक्रीलगायतका सामान प्रहरीले बरामद गरेको छ। पक्राउ परेका विकलाई समेत प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

डोजरको त्रास : सुकुम्वासीको जीवनमाथि राज्यको ‘निर्मम खेल’

रणनीतिक प्रतिस्पर्धा र युद्धको जोखिम: विश्व अर्थतन्त्रको नयाँ सङ्कट

बालेन–निर्माण व्यवसायी संवादपछि म्याद थप प्रक्रियाले लियो गति, समाधानतर्फ सरकारको संकेत

अर्थतन्त्र सुधार्न प्रधानमन्त्री बालेन्द्र शाहको अग्रसरता: निजी क्षेत्रसँग संवादको ‘आइसब्रेक’, धरपकडबाट नडराउन आश्वासन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu