ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कहाँ कहाँ अग्रस्थानमा छ वाम गठबन्धन


sharan sharan
२२ मंसिर २०७४, शुक्रबार   १० : २१   बजे

काठमाडौं, २२ मंसिर  । विभिन्न जिल्लामा मंसिर १० र २१ गते सम्पन्न पहिलो तथा दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो विवरण प्राप्त भइरहेको छ ।

बैतडी – यहाँ मंसिर १० गते सम्पन्न पहिलो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको बैतडीमा मतगणना जारी रहेको छ । कुल १३ हजार ५०८ मत गणना हुँदा आज बिहान ६ बजेसम्म को मतपरिणामअनुसार एमालेका दामोदर भण्डारीले ६ हजार ९७२ र नेपाली काँग्रेसका नरबहादुर चन्दले पाँच हजार २६९ मत प्राप्त गरेका छन् । प्रदेशसभा ९क०मा नेकाका हरिमोहन भण्डारी चार हजार ७३८ र नेकपा माओवादी केन्द्र का प्रेमप्रकाश भट्टले ६ हजार १४७ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभा (ख ) मा नेकपा ९एमाले०का लीलाधर भट्टले ६ हजार ४५३ र राप्रपाका गणेश चन्दले चार हजार ८५७ मत प्राप्त गरेका छन् । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए ।

 

म्याग्दी – म्याग्दीमा प्रतिनिधिसभामा एमाले–माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका नेकपा एमालेका भूपेन्द्रबहादुर थापाले अग्रता कायम गरेका छन् । बिहान ५ बजेसम्मको मतपरिणामअनुसार थापाले ११ हजार ८९३ मतसहित अग्रता कायम गरेका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका खुमबहादुर गर्वुजा, खम्वीरले १० हजार ५६ मतसहित थापालाई पछ्याई रहेका छन् ।
त्यसैगरी, प्रदेशसभा ९क०मा वाम गठवन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका विनोद केसीले सात हजार ४० मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका भीमप्रसाद गौचनले ६ हजार १९० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र (ख)मा एमालेकी नरदेवी पुनले चार हजार ९५० र नेकाका अमलाल फगामीले चार हजार ५३७ मत प्राप्त गरेका छन् ।
एक नगरपालिका, पाँच गाउँपालिका, ४५ वटा वडा भएको म्याग्दीमा ७५ हजार ५३७ मतदाता रहेकामा ४७ हजार ४४९ मत खसेको थियो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

खोटाङ – मंसिर १० गते खोटाङमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । बिहीबार बेलुका साढे सात बजेदेखि शुरु गरिएको मतगणनामा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायम रहेको छ ।

प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेकपा एमालेका विशाल भट्टराईको छ हजार २४१ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकाकी सरस्वती बजिमयको चार हजार ३८१ रहेको छ । भट्टराई र बजियमयको पछिल्लो मतान्तर एक हजार ८६० रहेको छ ।

प्रदेशसभा सदस्य क्षेत्र नं १ (क) मा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका राजन राईको दुई हजार ९१८ र नेकाका सुवासकुमार पोखरेलको एक हजार ६९४ मत रहेको छ । यस्तै, प्रदेशसभा २ (ख)ंमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई पासाङको तीन हजार ४९१ र नेकाका विष्णुकुमार राईले एक हजार ९५० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दश राजनीतिक दलका १९ जना उम्मेदवार रहेको जिल्लामा कूल एक लाख २५ हजार १८३ मतदाता रहेको र ७१ हजार ३११ मत खसेको थियो ।

संखुवासभा – यसैगरी, यहाँ बिहीबार साँझ ५ः३० बजेदेखि संखुवासभाको निर्वाचन मतगणना शुरु गरिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभा नेकाका उम्मेदवार दीपक खड्काको एक हजार १४६, साझा वाम गठबन्धनबाट एमालेका उम्मेदवार राजेन्द्र गौतमको एक हजार ६९ मत प्राप्त गरेका छन् ।

प्रदेश नंं १ संखुवासभा (क)मा नेकाका टंकप्रसाद राईको ८०७, साझा वाम गठबन्धन माओवादी केन्द्रका पूर्णप्रसाद राई एक हजार ३४४ मत प्राप्त गरेका छन् भने प्रदेश नं १ संखुवासभा (ख) का नेकाका दीपक लिम्बूको ९१७, साझा वाम गठबन्धनका एमालेका तुलसीप्रसाद न्यौपानेले एक हजार ७० मत प्राप्त गरेको बिहान ४ बजेसम्मको पछिल्लो मतगणना सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिए ।

सोलुखुम्बु – सोलुखुम्बुमा प्रतिनिधिसभा र दुईवटै प्रदेशसभामा वाम गठबन्धनले अग्रता कायमै राखेको छ । मतगणना शुरु भएसँगै अग्रता लिएको वाम गठबन्धनले अहिले मतान्तर फराकिलो बनाउँदै लगेको छ । प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार हेमकुमार राईले ६ हजार ४६८ मत प्राप्त गर्दा नेकाका उम्मेदवार पूर्वमन्त्री बलबहादुर केसीले चार हजार ६४० मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेश (क)मा वाम गठबन्धनका उत्तमकुमार बस्नेतले तीन हजार २४९ मत प्राप्त गर्दा नेकाका प्रकाशसिंह कार्कीले एक हजार ९७९ मत प्राप्त गरेका छन् । प्रदेश सभा ९ख०मा वाम गठबन्धनका बुद्धिकुमार राजभण्डारीले तीन हजार ४६५ मत प्राप्त गर्दा नेकाका आङगेलु शेर्पाले दुई हजार ७९० मत प्राप्त गरेका छन् ।

 

लमजुङ – लमजुङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभामा १४ हजार ८१६ मतगणना हुँदा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् । गुरुङले ६ हजार ९४७ मत ल्याउँदा नेकाका उम्मेदवार दिलबहादुर घर्तीले ६ हजार ९१४ मत ल्याएका छन् ।

यस्तै, प्रदेशसभा क र ख दुवैतर्फ वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रदेशसभा ९क०मा सात हजार ५१३ मतगणना हुँदा वाम गठबन्धनका उम्मेदवार धनन्ञ्जय दवाडीले चार हजार ३९३ मतले अग्रता लिएका छन् । दवाडीलाई काँग्रेस उम्मेदवार गर्जबहादुर गुरुङले दुई हजार ९०६ मतले पछ्याएका छन् ।

प्रदेशसभा (खं)मा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । काँग्रेसका कृष्णप्रसाद कोइरालालाई पछि पार्दै एमालेका पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् । गुरुङले तीन हजार ९०३ मत ल्याउँदा कोइरालाले तीन हजार ५४५ मत ल्याएका छन् । एक प्रतिनिधि र दुई प्रदेशसभा रहेको लमजुङका एक लाख १५ हजार ४४९ मतदाता रहेकामा ७७ हजार ३४० जनाले मतदान गरेका थिए । प्रदेश सभा ९क०मा ३६ हजार ६८ र प्रदेशसभा ९ख०मा ४१ हजार २७२ मत खसेको थियो ।

 

रोल्पा – मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रोल्पामा बिहीबार बेलुकादेखि शुरु भएको मतगणनाको पछिल्लो नतिजाअनुसार वाम गठवन्धनका उम्मेदवार अगाडि देखिएका छन् । बिहान ८ बजेसम्मको मतपरिणामअनुसार प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले पाँच हजार ५१ मत प्राप्त गरेका छन् ।

यसैगरी, लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकाका उम्मेदवार अमरसिं पुनले दुई हजार ६४९ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाका लागि हालसम्म १७ हजार ८०३ मतगणना भएकामा एक हजार २३९ मत बदर भएको बताइएको छ ।

प्रदेशसभा (क)मा वाम गठबन्धनका तर्फवाट नेकपा ९माओवादी केन्द्रका कुलप्रसाद केसीले एक हजार ८९४ मत प्राप्त गरेका छन् । यसैगरी, लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकाका उम्मेदवार शेरबहादुर महराले एक हजार ४९७ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा तीन हजार ९४३ मतगणना भइसकेको छ । प्रदेश सभा (ख)मा वाम गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार दीपेन्द्र पुनले तीन हजार ७११ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बनेका नेकाका खगेन्द्रप्रकाश हमालले ८६१ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा पाँच हजार २५ मतगणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group