काठमाडौं, १० असोज । कोरोना संक्रमणबीच सरकारले लकडाउन खोलेपनि बजारमा चहलपहल बढ्न सकेको छैन । ६ महिना देखिपसल बन्द पसलहरु अहिले खोलिएका छन्, तर ग्राहक खासै नछिर्दा ब्यापारको चहलपहल अझै बढ्न सकेको छैन ।
व्यवसायीहरुले कोरोनाको क्रासका बिचपनि भोकले मर्नु भन्दा भनेर बजार खोल्न दवाब दिएपछि सरकारले बाध्य भएर निषेधाज्ञा हटायो । निषेधाज्ञा खुलेको दुइ साता बित्न लाग्दासमेत बजारमा ब्यापार बढ्न नसको छैन । अझै संक्रमण बढ्दो चरणमै रहेकाले सर्वसाधरणहरु ढुक्कले बजार छिर्न नसक्दा चहलपहल बढ्न नसकेको हो । काठमाडौका सबै स्थानका पसल र बजारहरु खेले पनि किनमेलका लागि ग्राहकहरु नआएको व्यवसायीहरु बताउछन ।
बजारका लत्ताकपडा देखि रेष्टुरेष्ट खुल्ला भएपनि ग्राहक छिर्न अझै आनाकानी गरिरहेका छन । कोरोनाको सक्रमण दिन प्रतिदिन बढ्दै जा“दा पनि बजारमा चलपहल हुन सकिरहेको छैन । अझै पनि आम सर्वसाधारण कोरोनाले कस्तो रुप लिने हो भन्नेमै चिन्तित भएको हुनाले ढुक्क भएर खर्च गर्न सकेका छैनन् । सार्वजिनिक यातायात सञ्चालन भएपछि काठमाडौ सडकका भिड र जाम निरन्तर बढ्दै गएपनि बजारमा ब्यापार भने बढ्न सकेको छैन ।
निषेधज्ञा हटेसंगै निजी सवारी साधनको चाप बढेपनि भाडाका सवारी साधन भने खाली खाली गुडिरहेका छन । ग्राहकहरुले अति आवश्यक बस्तु बाहेक अन्य सामान खरिद नगरेकोले पनि व्यवसायीहरुले पसलमा कुर्ने मात्र काम भएको ब्यवसायीको गुनासो छ । बाइट..व्यवसायी
लकडाउनका कारण ६ महिना पसल बन्द गरेर बसेका ब्यवसायीहरु घरभाडा समेत तिर्न सकिरहेका छैनन् । बिगतमा दशैतिहारको चार्डको समयमा राम्रो आम्दानी गर्ने ब्यवसायीहरु यसपटक व्यपार नहुने जस्तो देखिएको भन्दै चिन्तित हुन थालेका छन ।
प्रतिक्रिया दिनुहोस्