ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको जोखिम उच्च नै छ, अझै पूर्वानुमान गर्न सकिन्न –सरकारका प्रवक्ता ज्ञवाली


एबीसी न्यूज
१२ आश्विन २०७७, सोमबार   ६ : ४१   बजे

काठमाडौं, १२ असोज । सरकारले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा नभएको बताएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमण बढि रहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताउनुभयो । ‘नेपालमा निरन्तर संक्रमण बढिरहेको छ । कुनै विन्दुमा पुगेर हामी विस्तारै ओरालो लाग्न सुरु गर्छौं । संक्रमण नियन्त्रणको अवस्थामा जान्छ । अझै पूर्वानुमान गर्न सकिने अवस्था छैन’ मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो । सरकारले कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविकाबीच सन्तुलनको आवश्यकताका कारणले धेरै क्षेत्र खुला गरेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

‘यो बेला सबैको उच्चस्तरको सतर्कता, साथ र सहयोगको जरुररहेको समेत उहाँले बताउनुभयो । सर्वसाधारणले सरकारी आदेश निर्देशन र विज्ञको सुझाव मानेकै कारण नेपालमा कोरोनाको भयावह अवस्था आउन नपाएको भन्दै उहाले चाडपर्वको बेलामा थप सतर्क हुनुपर्ने बताउनुभयो । ‘यत्रो खुला सीमाना भएइको मुलुकमा जति भयावह हुन सक्थ्यो । त्यसमा जति जोखिम थियो, यसको तुलनामा कम नै छ’ मन्त्री ज्ञवालीले भन्नुभयो , ‘तर जोखिम उच्च नै छ ।

आगामी दिनमा चाडबाडको समय आउँदैछ । स्वास्थ्य सतर्कतालाई कहिँ कतै पनि कम नगर्नुहुन विज्ञको सुझाव मान्न आग्रह गर्न चाहन्छु ।’ उहाले भन्नुभयो । सरकारले काठमाडौंमा घरधनी र केही औद्योगिक प्रतिष्ठानले पीसीआर रिपोर्टका लागि सर्वसाधारणलाई बाध्य बनाएको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ । मन्त्री ज्ञवालीले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत कसैलाई पनि पीसीआर परीक्षणका लागि बाध्य नबनाउन आग्रह गर्नुभएको हो । पीसीआर रिपोर्ट नभई धरधनीले डेरामा बस्नेलाई पस्न नदिएको र औद्योगिक प्रतिष्ठानले काम गर्न नदिएको सुन्नमा आएको भन्दै उहाले जबर्जस्ती पीसीआर परीक्षणका लागि बाध्य नपार्न आग्रह गर्नुभयो । ‘

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group