ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड ३८ लाख नाघ्यो


एबीसी न्यूज
१४ आश्विन २०७७, बुधबार   ८ : ४१   बजे

काठमाडौं, १४ असोज । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ३८ लाख पुगेको छ । पछिल्लो विवरणअनुसार अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी ३ करोड ३८ लाख ३७ हजार ७ सय ८ पुगेको छ ।

यो समाचार तयार गर्दा सम्म १० लाख १२ हजार ५ सय ७८ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ ।

विश्वभरका संक्रमितमध्ये २ करोड ५१ लाखभन्दा बढी संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप २ लाख ८७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वमा सबैभन्दा संक्रमित हुने राष्ट्रममा संयुक्त राज्य अमेरिका छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ४४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । हालसम्म अमेरिकामा संक्रमितहरूको संख्या ७४ लाख ६ हजारभन्दा बढी पुगेको छ भने २ लाख १० हजारभन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमितको संख्या अमेरिकापछि बढी छ । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ५ सय बढी संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ । त्यस्तै यहाँ हालसम्म ९७ हजार ५ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

भारतपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा ब्राजिल छ । ब्राजिलमा कूल संक्रमितको संख्या ४७ लाख ८० हजार ३१७ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३१ हजारभन्दा बढी संक्रमित थपिएका छन् । ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार पुगेको छ ।

कोरोनाको खोप विकास गरेको दाबी गरेको राष्ट्र रसियामा संक्रमितको संख्या ११ लाख ६७ हजार ८ सय ५ पुगेको छ । यस्तै यहाँ २० हजार ५ सय ४५ जनाले ज्यान गुमाएका छन् भने ९ लाख ५२ हजार ३९९ जना संक्रमित निको भइसकेका छन् ।

रसियामा पछिल्लो २४ घण्टामा थप ८ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एसियाली मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा तीव्र रुपमा बृद्धि भएको छ । भारतपछि धेरै संक्रमित देखिएको देशमा क्रमशः इरान, बंगलादेश, इराक, साउदी अरेबिया लगायत छन् । एसियाली मुलुकमा हालसम्म १ करोडभन्दा बढी संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र १ लाख २५ हजार ९ सय ९१ जना संक्रमित थपिएका छन् ।

एसियाली मुलुकमा निको हुनेको संख्या ८८ लाख ११ हजार २१४ रहेको छ भने १ लाख ९२ हजार ८६६ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा कोभिड–१९ संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ । मंगलवार साँझसम्मको अपडेट अनुसार नेपालमा ५५ हजार ३७१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ३ सय ९६ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख सहयोग

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu