ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पु¥याउन राष्ट्रपतिको आह्वान


एबीसी न्यूज
१५ आश्विन २०७७, बिहिबार   ६ : ४८   बजे

काठमाडौं, १५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले ३०औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर१) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता‘ मातृदेवोभवः, पितृदेवोभवः’कोभावना रहेको र सामाजिक दायित्वप्रतिसंवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसात् गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको जनाउँदै राष्ट्रपतिले आआफ्ना स्थानबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पु¥याउन सबैमा आह्वान गर्नुभएको छ ।

परिवारको लालनपालनसहित जीवनका अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई प्रयोग गरेर समाज सुधार र राष्ट्रोत्थानमा ज्येष्ठ नागरिकले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै राष्ट्रपतिले उहाँहरुले जीवनभर सँगाल्नुभएको अनुभवलाई ग्रहण गर्दै नयाँ पुस्ता मुलुकको समृद्धि हासिल गर्नेतर्फ उन्मुख हुने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गर्न नेपालको संविधानले गरेको मौलिक हकको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्ने दिशातर्फ नेपाल सरकार अग्रसर रहेको छ। ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि विक्रम संवत् २०५१ देखि शुरु गरिएको ज्येष्ठ नागरिक भत्ता यस सन्दर्भमा एउटा कोसेढुङ्गाका रूपमा रहेको छ, जसले आजसम्म निरन्तरता पाएको छ। सामाजिक सुरक्षाको दायरालाई क्रमशःफराकिलो बनाउँदै सरकारद्वारा स्वास्थ्य बीमा कार्यक्रमसमेत लागु गरिएको छ । यी कदमहरूले ज्येष्ठ नागरिकप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरूको आत्मसम्मान वृद्धि गर्न योगदान पुगेको छ भन्ने मेरो विश्वास रहेको छ। ”

ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई जीवनोपयोगी बनाई थप विस्तार गर्दै लैजान राष्ट्रपति भण्डारीले सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै उहाँहरुको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा आह्वान गर्नुभएको छ ।

सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकलाई सम्मान र अधिकारमा पहुँच पु¥याउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ। राष्ट्र सङ्घले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमो ‘महामारीः के ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउला र? ’ भन्ने नारा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group