ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भारतको सीमा नजिकै भण्डारण गरी राखिएको २ करोडभन्दा बढीको केराउ नियन्त्रणमा


एबीसी न्यूज
१५ आश्विन २०७७, बिहिबार   ९ : ०९   बजे

बीरगंज १५ असोज ।  प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरी गोदाममा शिल गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च टोली र प्रदेश २ प्रहरीको संयुक्त प्रहरी टोली भण्डारण गरि राखेको ३ लाख २५ हजार किलो हरियो केराउको गोदाम नियन्त्रणमा लिएको हो ।

विशेष सुचनाको आधारमा महानगरपालिका १६ इनर्वा गाउ स्थित नेपाल भारतको सीमा नजिकै अवैध रुपले गोदाममा लुकाई छिपाई राखिएको करिव ७ हजार बोरा हरियो केराउ पक्राउ गरेको छ । उक्त केराउ प्रीज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रा लि को रहेको र सो फर्म अधिकारी रुपमा परवानिपुरमा गोदाम रहेको पर्सा प्रहरीले जनाएको छ ।

भारततर्फ तस्करी गर्ने उद्देश्यले सीमा नजिकै अवैध रुपले भण्डारण गरिएको ७ हजार बोरा हरियो केराउ नियन्त्रणमा लिई गोदाम सिल गरिएको छ। पर्सा प्रहरीले एउटा् ट्रयाक्टर पनि नियन्त्रणमा लिएको जनाएको छ। उक्त ट्याक्टरमा ४० क्विन्टल केराउ लोड गरिएको छ । खरिदकर्ता र बिक्रेता दुबैमा प्रिज्मले आफ्नै नाम उल्लेख गरेकोले शंका बढेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी धिरज प्रताप सिंह बताउनुभयो ।

उक्त केराउको मुल्य अन्दाजी करिव २ करोड ६० लाख रुपैया बराबरको रहेको र अहिले केराउ गोदाम मै शिल गरिएको शिल खोलेर उक्त केराउ राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाउने तयारी भई रहेको डिआईजी सिंहले जानकारी दिनुभयो । नेपालमा छोह्डा, मरिच र केराउ को खपत भन्दा हजारौं गुणा बढी आयात भएको कारण नै तस्करी भईरहेकोले समयमा सरोकारवाला को ध्यान जान जरुरी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर फेरि वर्षाको सक्रियता, पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

 अनलाइन सरुवा प्रणालीबाट दुर्गम–सुगममा सन्तुलन खोज्दै सरकार

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu