काठमाडौं, १९ असोज । प्रदेश नम्बर ५ को प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल काँग्रसले नाराबाजी गरेको छ । प्रदेश सरकारले प्रदेशको राजधानी दाङ सार्ने प्रस्ताव सहित प्रदेशको नामाकरण गर्ने प्रस्तावको बिरुद्धमा नाराबाजी गर्दै रोष्टम घेर्न पुगेका थिए । सभामुख पुर्ण घर्तीले बैठक प्रारम्भ गर्नासाथ बिपक्षिदलका सभासदहरु आ आफ्नो स्थानबाट उठेर बिरोध जनाएपछि सभामुखले बिपक्षिदलका नेता बिरेन्द्र कनोडीयालाई बोल्ने समय दिनुभएको थियो । संसद बैठकमा बोल्दै नेता कनोडीयाले सरकारले तानाशाही शैलीमा संसदीय मर्यादा बिपरित राजधानीको प्रस्ताव संसदमा दर्ता गरेको भन्दै अविलम्ब फिर्ता गर्न माग गर्नुभएको थियो । उहाको मन्तब्य सकिए लगत्तै काँग्रेस सभासदहरु नारा लगाउंदै रोष्टम घेर्न पुगेपछि सभामुख घर्तीले बैठक २ बजे सम्मका लागि स्थगित गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्