ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ को प्रदेश सभा बैठक सुरु, नाम र राजधानीको प्रस्तावमाथि मतदान हुने


एबीसी न्यूज
२० आश्विन २०७७, मंगलबार   २ : २८   बजे

काठमाडौं, २० असोज ।   प्रदेश ५ को प्रदेश सभा बैठक सुरु भएको छ । प्रदेशको नाम र राजधानीबारेको प्रस्तावमा छलफल गर्न डाकिएको बैठक केही ढिला गरी सुरु भएको हो ।अहिले मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सभाका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै हुनुहुन्छ । त्यसपछि राजधानी र नामका विषयमा सरकारको प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेको प्रदेश ५ सचिवालयले जनाएको छ ।

नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसद्लाई ह्वीप नै जारी गरेको छ । प्रतिपक्ष कांग्रेसले पनि प्रस्तावको विपक्षमा मतदान आफ्ना सासंदसँग अपिल जारी गरेको छ । शुक्रबारको बैठकमा दाङको देउखुरीलाई प्रदेश ५ को राजधानी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेस भएपछि बुटवलमा आन्दोलन चर्किएको छ ।

कांग्रेसले निर्णय गरे पनि दाङ र बाँकेका नेताले भने दाङकै पक्षमा मतदान गर्ने तयारी गरेका छन् । प्रदेश सभामा प्रस्तुत भएको प्रदेशको राजधानी र नामको प्रस्तावमाथि सोमबारदेखि औपचारिक रुपमा छलफल सुरु भएको हो ।सभामुख पूर्णबहादुर घर्तीले प्रदेशको राजधानी र नामकरणका विषयमा प्रदेश सभामा प्रस्तुत भएको प्रस्तावमा संशोधन हाल्न १८ घण्टाको समय दिनुभएको थियो । सोमबार बैठक सुरु हुनेबित्तिकै नाम र राजधानीको विषयमा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सदन अवरोध गर्दै कुर्सी तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group