चितवन, २१ असोज । चितवनमा ६ वर्षीय बालकसहित थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ६२ जनामध्ये ५७ जना चितवनका रहेको भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी पाँच जनामध्ये नवलपरासीका एक महिला र एक पुरूष, जाजरकोट हुम्ला र मोरङका एकरएक जना पुरूष रहेको डछन् । भरतपुर अस्पतालले मंगलबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका २७ पुरूष र १६ महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै खैरहनीका ३ पुरूष र २ महिलामा पनि संक्रमण भएको छ । माडीका एक पुरूष, रत्ननगर र कालिकाका एक÷एक जना पुरूष र राप्तीका ६ पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्