ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गरौं : मन्त्री ढकाल


एबीसी न्यूज
२२ आश्विन २०७७, बिहिबार   ७ : ०५   बजे

काठमाडौं, २२ असोज ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको बताउनुभएको छ । विश्व दृष्टि दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गर्नुभएको छ । विश्वव्यापी रूपमा “दृष्टिप्रतिको आश” भन्ने मूल नाराका साथ आज विश्वदृष्टि दिवस मनाइँदै छ ।

सन्देशमा उहाँले नेपालले अहिले कोभिड १९ को संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु¥याउन सबैमा आह्वान पनि गर्नुभएको छ ।

उहाँले स्वास्थ्य सेवा लिन नपाई मर्कामा रहेका सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा नियमित रूपमा प्रवाह गर्न स्वास्थ्य संस्थालाई थप सक्रिय हुन अनुरोध गर्नुभएको छ ।

नेपालमा अहिले ९४ हजार २५३ व्यक्ति कोरोना संक्रमित छन्, जसमध्ये ७२.८५ निको भइसकेका र ५७८ जनाले ज्यान गुमाएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनको आँकडानुसार विश्वमा करीब दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या छ भने करीब एक अर्बलाई अझै पनि आँखा सेवाको पहँुच भएमा दृष्टिको जगेर्ना गर्न सकिने बताइएको छ । यसमा थप करीब दुई अर्ब ६० करोडमा अदूरदृष्टिको समस्या रहेको छ, जसमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा यस्तो समस्या देखिएको छ ।

नेपालमा सन् २०१२ को सर्वेक्षणले जनसङ्ख्याको ०।३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको देखाएको छ । यो समस्या सन् १९८१ को सर्भेक्षणमा ०.४५ जनसङ्ख्यामा रहेको पाइएको थियो । अन्धोपन तथा दृष्टिदोषको अनुपातमा कमी देखाए तापनि जनसङ्ख्या वृद्धि र ज्येष्ठ नागरिकको सङ्ख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टिदोषको सङ्ख्यामा त्यति फरक परेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

सम्बन्धित

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

राति वर्षाको सम्भावना बढी, उद्धारमा खटिएकालाई सतर्क रहन मौसमविद्को आग्रह

रसुवा बाढीका नाममा जथाभावी चन्दा नउठाउन सरकारको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu