काठमाडौं, २६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले उपत्यकाका सबै सरकारी अस्पतालमा अब कोरोना संक्रमितको उपचार हुने बताउँनुभयो ।
यस्तै,दहचोकस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल तथा किर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई कोभिड –१९ को लक्षणसहितको संक्रमितको उपचार गर्नेगरि कोभिड अस्पतालका रुपमा स्तरोन्नती गर्ने निर्णय भएको पनि प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्