ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थप प्रभावकारी कदम नचालिए नेपालमा कोरोना संक्रमण झन जटिल बन्न सक्ने चेतावनी (भिडियोसहित)


एबीसी न्यूज
२७ आश्विन २०७७, मंगलबार   ११ : ४५   बजे

काठमाडौं, २७ असोज । नेपालमा कोरोना भाइरसको संक्रमण झन डरलाग्दो तवरले फैलिरहेको छ । जनस्वास्थ्यविद् तथा सङ्क्रामक रोग विज्ञहरुले नेपालमा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, नियमन तथा रोकथामका थप प्रभावकारी कदम नचालिए स्थिति जटिल बन्न सक्ने चेतावनी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारि गरेको तथ्यांकमा शनिबारको संक्रमण दर २५.९२ प्रतिशत रह्यो । नेपालको उक्त दर विश्वका कोरोना अति प्रभावित मुलुकहरु भन्दा वढि हो । मुलुकभर दैनिक पीसीआर परीक्षण गर्ने गरिएका मध्य १० प्रतिशत संक्रमित दर हुनुलाई नै समुदाय स्तरमा संक्रमण फैलिएको मानिन्छ तर नेपालको सन्दर्भमा प्रति दिन सरदर १८ देखि २० प्रतिशतको हाराहारीमा सक्रमणदेखि रहेको छ । जुन जनस्वास्थ्यका लागि सुखद संकेत नभएको जनस्वास्थ्य विज्ञहरु बताउछन् ।

नेपालमा संक्रमण नियन्त्रण तथा रोकथामका लागि लामो समय सम्म बन्दाबन्दी पनि गरियो । तर, संक्रमणको ग्रार्फ दिन प्रति दिन उकालो लागिरहेको छ । गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोना भाइरस सक्रमण पुष्टि भएकोमा त्यसको २६० दिनपछि अर्थात् झन्डै साढे आठ महिनामा कोरोना संक्रमितको एक लाख नाघेको छ । जनस्वास्थ्यको दृष्टिकोणबाट मुल्यांकन गर्दा संक्रमणको फैलावट रोक्ने अनेकन उपाय मध्ये एक बन्दाबन्दी रहेको हुदा पनि नेपालको सन्दर्भमा भने बन्दाबन्दीले संक्रमणको चेन ब्रेक गर्न कुनै सघाउ नपुगेको विज्ञहरुको दावि छ ।

बरु उल्टै गरिखाने बर्गले सास्ती खेप्नु परेको उनीहरुको तक छ । तर,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बन्दाबन्दीले अन्य मुलुकमा जस्तो संक्रमण छिटो फैलिन नदिएर पछि धकेल्न मद्दत गरेको र जति अन्य मुलुकमा सुरुवात देखिनै भयावह अबस्था सृजना भएको त्यस्तो हुन नदिएर प्रसस्त तयारी गर्ने अबसर पाएको जनाएको छ ।

मुलुकभर संक्रमण वनमा लागेको डढेलो सरि फैलिरहेको छ । नेपालको पछिल्ले एक महिनाको तथ्यांक मापन गर्दा संक्रमणको जोखिम व्यापक रहेको मान्न सकिन्छ । अन्य मुलुकको तुलनामा नेपालमा संक्रमणको जोखिम अझै जटिल बन्दै गएको छ । गत भदौ २५ गते कुल सक्रमित ५० हजार ४६५ रहेको एक महिनाभित्रनै सक्रमितको संख्या दोबर भएको तथ्यांकले देखाएको छ ।

नेपाल कोभिड प्रभावित विश्वका २०० बढी मुलुक मध्ये ४० औं स्थानमा छ । नेपालले कोरोना संक्रमण सूरुवात भएको चीनलाई यसअघि नै उछिनिसकेको छ । नेपालमा कोरोना भाइरस शहरी क्षेत्र,घना बस्त, मानिसको चहलपहल बढी रहेको स्थानमा रहेको स्वास्थ्य मन्त्रालयले जारि गरेको तथयांकमा हेर्न सकिन्छ । उपत्यकाका तिनै जिल्ला, मोरङ, पर्सा, चितवन, रुपन्देहि अति प्रभावित जिल्लामा सुचिकृत छन् ।

अझ काठमाडौं उपत्यको अति प्रभावित जिल्लाको सुचिमा छ । काठमाडौं उपत्यकामा मात्र नेपालमा पहिचान भएका कुल संक्रमित मध्ये ३५ प्रतिशत संक्रमित रहेका तथ्यांक छ । यता दैनिक पुष्टि हुने संक्रमितको अनुपातमा उपत्यकामा मात्र ५० प्रतिशत भन्दा बढी रहेको छ । तर,सरकारले भने प्रभावकारी कन्ट्रयाक ट्रेसिङ संगै संक्रमित पहिचानमा कुनै तदारुकता देखाएको छैन् ।

तर, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले भने संक्रमित पहिचान गर्न पिसिआरलाई व्यापक बनाईएको तर कन्ट्रयाक ट्रेसिङ गर्ने सवालमा भने काठमाडौं उपत्यकामा ठूलो परिमाणमा संक्रमितहरु राष्ट्रसेवक कर्मचारीमा रहेको र उनिहरुको संसर्ग अन्यमानिसहरु संग नहुने हुदा तथ्यांकमा कम आएता पनि कन्ट्रयाक ट्रेसिङ भैरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu