ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्तावबाट सात सांसद पछि हटे


एबीसी न्यूज
२७ आश्विन २०७७, मंगलबार   ३ : ०१   बजे

सुर्खेत, २७ असोज ।कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका सात सांसद पछि हटेका छन् ।

मुख्यमन्त्री शाहीसँग भएको छलफलमा मन्त्रिपरिषद् पुुनर्गठन गर्ने सहमति भएपछि अविश्वास प्रस्तावबाट उनीहरु पछि हटेका हुन् । गएको आइतबार सत्ता पक्षकै १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध दलभित्र अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसद यमलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीमा विवाद बढ्दै गएको थियो ।

यसबीचमा मुख्यमन्त्री शाहीले दलको प्रमुुख सचेतकबाट प्रधानमन्त्री ओली निकट सांसद गुलावजंग शाहलाई जिम्मेवारीबाट हटाउनुभएको थियो । मुख्यमन्त्रीले दल र सरकारको नेतृत्व प्रभावकारी रुपमा गर्न नसकेको आरोप लगाउँदै पूर्व एमालेतर्फका १५ र पूर्व माओवादीका तीन जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

केन्द्रबाटै दबाब आएपछि अविश्वास प्रस्तावबाट पछि हटेको नेपाल पक्षका सांसदको भनाइ छ । चन्द्रबहादुर शाही, पदमा खड्का, कुर्मराज शाही, अमरबहादुर थापा, सुशील थापा, देवी ओली र करवीर शाही अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् । नेपाल पक्षका शाही सचेतक बन्ने सहमति लगत्तै मुख्यमन्त्री शाहीले उहाँलाई दलको सचेतकमा नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले सोमबार मात्रै सचेतक सांसद सीता नेपालीलाई प्रमुुख सचेतक बनाएर सांसद गुलावजंग शाहलाई जिम्मेवारीबाट हटाउनुभएको थियो । तीन जना मन्त्री र एक जना सचेतक दिने सहमति भएअनुसार मुख्यमन्त्री शाहीले कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गर्नुभएको हो । नेपाल पक्ष पछि हटेपछि मङ्गलबार बस्ने भनिएको संसदीय दलको बैठक अहिलेसम्म बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu